महिलालाई उद्यमशिल विकास तालिम दिदै

४ माघ २०७५, शुक्रबार १७:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय परस्पुर बाँकेले आफ्ना सदस्य गृहणीलाई तीनदिने उद्यमशिल विकास तालिम दिन सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंक नेपालगञ्जका उप–निर्देशक नारायण पोख्रेलले उद्दघाटन गरे । उनले लघु वित्तले गरिवी निवारणमा टेवा पुराएको प्रसंग उल्लेख गर्दै आफ्ना सदस्य गृहणीलाई उद्यमशिलता तालिम दिएर उनीहरुलाई उद्यम गर्न योग्य बनाउदा आफ्नो लगानी सुरक्षित हुने र ऋणिले पनि लिएको कर्जालाई सदुपयोग गर्न सजिलो हुने बताए । उनले लघु वित्तले गरिवि निबारणमा ५ प्रतिशत योगदान दिएको बताए ।
नेपालगञ्ज उप–महानगरपालिका–१० नं. वडाका वडा सदस्य नरबहादुर विष्टले विभिन्न समुहमा हुने गरेको लगानीको सदुपयोग भए नभएको गहन रुपमा अनुगमन हुन जरुरी भएको कुरामा जोडदिदै लिएको ऋणलाई सदुपयोग गरी व्यावसाय सञ्चालन गर्नको लागि सहभागिलाई सुझाव दिए ।
निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय परस्पुरका प्रमुख टोपबहादुर रास्कोटीले शाखामा हालसम्म ३ हजार १ सय सदस्य रहेको र ती सदस्यहरु बीचमा १७ करोड बढी लगानी गरी उनीहरुबाट ११ करोड बचत संकलन गर्न सकिएको जानकारी दिए ।
उनले परस्पुर शाखाले जानकी, खजुरा र बर्दियाको बढैयाताल गाउपालिकामा आफ्नो सेवा बिस्तार गरी पछाडि परेका गृहणी महिलालाई उद्यामशिल बनाउदै बचतसंग जोड्दै आएको बताए ।
निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय परस्पुरले कर्जा, बचत, रेमिटान्स र बैंकिङ्ग सेवा दिदै आएको छ । सो तालिममा विभिन्न समुहबाट २५ जना गृहणी महिला तथा उनका अभिभावक सहभागि रहेको आयोजकले जनाएको छ ।

Next Post

बहुमूल्य पत्थरसहित सुर्खेतमा पाँच पक्राउ

४ माघ २०७५, शुक्रबार १७:५१
सदरलाइनडटकम, सुर्खेत : बहुमूल्य पत्थरसहित सुर्खेत प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बांगेसिमल जिरो प्वाइन्ट नजिकै बिहीवार राति ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले बताए । कालिकोटबाट सुर्खेत आउँदै गरेको बा १ च ३५७२ नम्बरको स्कार्पियो जीपमा लुकाइछिपाई […]