‘ट्राञ्जिट परिमिट’पछि थपियो ‘सूचिकृत’को बखेडा

२८ पुष २०७५, शनिबार ०९:३९
 

सदरलाइन / रुद्र सुवेदी,
नेपालगञ्ज : नेपालबाट भारत तथा तेस्रो मुलुक निकासी हुने जडिबुटीलाई विभिन्न बाहाना गर्दै रोक लगाउदा व्यावसायी मर्कामा परेका छन् । ट्राञ्जिट परमिटको कारण अनेकौ झमेला थोपार्दै आएको भारतले पछिल्लो समय ‘सुचिकृत’ भन्दा अन्य जडिबुटी निर्यातमा रोक लगाएपछि लाखौंको जडिबुटी नेपालगन्ज मै थन्किएको छ ।
एक महिनायता रुपैडियाको भारतीय कस्टमले सुचिकृत भएका भन्दा अन्य जडिबुटी भारत लैजान रोक लगाएपछि ठूलो परिणाममा नेपाली जडिबुटी व्यावसायीको गोदाममा थन्काएर राखिएको व्यावसायीहरुको गुनासो छ ।
जडिबुटीका प्रमुख निर्यातकर्ता नेपाल हर्व प्रोसेसिङ्ग प्लान्ट उद्योगका सञ्चालक तथा नेपाल जडिबुटी व्यावसायी संघका उपाध्यक्ष शकिल अहमद जसगढले भारतले रुपैडिहा नाकाबाट जडिबुटी निकासी गर्दा पहिलादेखि नै औकुश लगाउदै ट्राञ्जिट परिमिटको बाहानमा दुःख दिदै आएकोम यस पटकदेखि सुचिकृत जडिबुटीलाई मात्र निकासी आदेश दिनुले झन झमेला थपेको बताए ।
उनले भने–‘भारतमा सुचिकृत नेपाली जडिबुटीको संख्या मुस्किलले बिस जति छ । तर, अन्य जडिबुटीको संख्या पचासदेखि सयसम्म छ । सुचिकृतमा नपरेका कुरिलो, चिराईतो, पदमचाल जस्ता धेरै जडिबुटी निकासी हुन पाएका छैनन् ।’ सुचिकृत नभएका जडिबुटी एक महिनादेखि अन्य जडिबुटीहरु निकासी हुन नपाउँदा नेपालगन्ज गोदामै थन्काएर राख्न व्यावसायी बाध्य छन् । भारतमा वर्षेनी करोडौ मुल्यका ती जडिबुटी निकासी हुने गरेको स्रोतका अनुसार यसअघि भारतीय कस्टमले व्यवहारिकताका हिसावले सुचिकृत भन्दा अन्य जडिबुटीलाई पनि भारत निकासी गर्न दिन्थ्यो । नाम नखुलेका, सानो परिणाम हुने जडिबुटी त्यसै जान्थ्यो । तर अब भने त्यसलाई अनिवार्यरुपमा सुचिकृत गर्नुपर्ने प्रावधानले झन आंकुश थप्दै आएको व्यावसायीको भनाई छ ।
नयाँ प्रावधान आउनु अगावै नेपालगन्जका व्यवसायीहरुले पहाडी जिल्लाबाट जडिबुटी ल्याएर स्टक राख्ने कारण अहिले ती जडिबुटी गोदामै थन्किएको छ । नयाँ प्रावधान अनुसार थप जडिबुटी सुचिकृत गर्न महिनौं लाग्ने गरेको उपाध्यक्ष जसगढले बताए ।
‘भैरहवा हुँदै निकासी गर्दा भारतको उत्तर प्रदेश सरकारले ट्रान्जिट परमिट नखोज्ने तर, त्यही जडिबुटी नेपालगन्जबाट निकासी गर्दा भारतीय व्यावसायीले झै ट्रान्जिट परमिट बनाउनु पर्ने झमेलामा अर्को सूचिकृत गर्नु पर्ने कुरा थपेर झनै व्यावसायलाई चौपट पार्न खोजिएको छ’–उनले दुखेसो पोखे ।
उनले भारतको उत्तर प्रदेश सरकारको भैरहवा र नेपालगञ्ज दुईवटा नाकामा फरक–फरक नीति भएको कारणले नेपालगन्ज नाका हुँदै जडिबुटी निकासी हरेक वर्ष बढ्नुको साटो घट्दै गएको बेला आएको नयाँ प्रावधानले व्यवसायीलाई थप मर्कामा पारेको बताए ।
कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । तर नेपाली जडिबुटीप्रति भारतको कडा रबैयाका कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गएको जडिबुटी व्यवसायमा संलग्न अगुवाहरुले बताएका छन ।
जडिबुटी व्यवसायी संघ नेपालगञ्जका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा पनि जडिबुटीको निर्यात खस्किदै गएको छ । आर्थिक वर्ष २०७२/२०७३ मा नेपालगन्ज हुँदै ४६ लाख ३८ हजार २ सय १५ किलोको विभिन्न ४५ थरी जडिबुटी निकासी भएको थियो । तर त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३/०७४ मा घटेर ४० लाख ५० हजार ६ सय ७४ किलोग्राम जडिबुटी निर्यात भयो । आर्थिक वर्ष २०७४/०७५ मा२७ लाख ५४ हजार २ सय किलोग्राम जडिबुटी निकासी भयो ।
‘सरकारी उदाशिनता र भारतको नेपाली जडिबुटीमाथि अंकुश लगाउने प्रबृत्तीका कारण जडिबुटीको निर्यातको अवस्था खस्किएको देखिन्छ’– नेपाल जडिबुटी व्यवसायी संघका कार्यालय प्रमुख पुष्कर खरेलले भने । उनले टिम्मुर, रिठा र काउलो सबैभन्दा बढि निकासी हुने जडिबुटीमा पर्ने जानकारी दिए ।
खरेलका अनुसार, औषधी, साबुन, स्याम्मु जस्तासामाग्री बनाउन प्रयोग गरिने यि जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेश्रोमुलकमा पनि निर्यात भइरहेको छ ।

Next Post

बाँकेको कोहलपुरमा घाँटी रेटेर युवकको हत्या

२८ पुष २०७५, शनिबार ०९:३९
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नयाँ बसपार्क नजिकैको खुला मैदानमा एक युवकको घाँटी रेटेर बिभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले कोहलपुर–११ नयाँ बसपार्क नजिकै सुर्खेत घर भएका अन्दाजी २३ वर्षिय दिपक ंिसह ठकुरीको घाँटी रेटिएको अवस्थामा शव […]

सम्बन्धित