सदरलाइनडटकम,
काठमाण्डौ : दशैंको मुखमा सार्वजनिक यातायातको भाडा आइतवारदेखि लागु हुनेगरी दश प्रतिशतले बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङनै रोकेपछि सरकार दश प्रतिशत भाडा बढाउन सहमत भएको हो ।
हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुल्ला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा शनिवार भएको वार्तामा इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको थियो ।
सहमतिअनुसार आइतवारबाट नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई शनिवार पत्राचार गरिएको थियो । छलफलमा समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ गतेसम्म भाडा समायोजन गर्ने सहमति भएको छ ।
Next Post
अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या आरोपमा आमा पक्राउ
७ आश्विन २०७५, आईतवार १०:४७
सम्बन्धित
-
१७ माघ २०७६, शुक्रबार १६:३४
स्व. पत्रकार गुप्तको सिधनिया घाटमा अन्त्येष्टि
-
३० जेष्ठ २०७५, बुधबार २०:२६
राँझा चोक अब ‘क्याप्टेन चोक’ हुने
-
१ मंसिर २०७९, बिहीबार १३:२४
बाँके–३ मा सत्तागठबन्धनलाई पछार्दै किस्मत कक्षपति
-
९ मंसिर २०७६, सोमबार १८:३२
वडा नं. १२ मा निशुल्क स्वास्थ्य शिविर
-
९ श्रावण २०८०, मंगलवार १३:३५
बाँकेमा बैंकिङ कसुरका ३०५ उजुरी दर्ता
-
२६ असार २०७७, शुक्रबार १७:११
२४ घण्टामा थपिए ११८ कोरोना संक्रमित