शहरी विकास मन्त्री राईसहितलाई दुर्गादिदीले राखि बाँधे पछि (फोटो फीचर)

१० भाद्र २०७५, आईतवार १९:४१
 

सदरलाइनडटकम
नेपालगन्ज : हिन्दूहरुको पर्व जनै पूर्णिमा तथा (राखि)को अवसरमा शहरी विकास मन्त्री मो. ईस्तियाक राईले नेपालगन्जको ब्रह्मकुमारी राज योग विश्व विद्यालयकी दुर्गा दिदीसंग राखी बाँधेर बाँधेर सामाजिक सद्भावको उदाहरण दिएका छन् ।
मुस्लिम समुदायका मन्त्री राईले विगत ३ वर्षदेखि दुर्गादिदीसंग राखी बाँध्दै आएको बताए । उनले सबैको आदरसम्मान गर्दै सबैको आस्था तथा धर्मलाई समान रुपमा सम्मान दिदै आएको बताए ।
उनले भने–‘धर्मको लागि भन्दा पनि दिदि र भाईको बीचमा रहेको सम्बन्धमा प्रगाढ बनाउने यो पर्व बिगत तिन वर्षदेखि यसरी नै रक्षा बन्धन बाँध्दै आएको छु ।’ उनले समाजिक हितको लागि आफुहरुले समाजलाई एकताको सुत्रमा बाँधनको लागि सबैका पर्वलाई समान सम्मान गर्ने बताए ।
सो अवसरमा बाँके प्रदेश सभा १ (क) कि सांसद कृष्णा केसी नमूनाले समाजलाई एकताको सुत्रमा बाँधनको लागि पर्वहरुले अतुलनिय भूमिका निभाएको बताईन । उनले एकले अर्कालाई सम्मन गर्न सकेमात्र सबैको कल्याण हुने भन्दै जनैपूर्णिमाको शुभकामना व्यक्त गरिन ।
ब्रह्मकुमारी राजयोग ईश्वरीय विश्व विद्यालयकी दुर्गादिदीले मन्त्री राई, संसद नमूनालगायत उपस्थित सबैलाई राखि लगाई सबैको भलो तथा शुखशान्तिको कामना व्यक्त गरेकी थिईन । फोटो  : रुद्र सुवेदी / सदरलाइन

Next Post

नेपालगन्ज उप–महानगरको प्रवक्तामा रिजाल

१० भाद्र २०७५, आईतवार १९:४१
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज उप–महानगरको प्रवक्तामा वडा नं. १ का वडा अध्यक्ष समेत रहेका प्रमोद रिजाल चयन भएका छन् । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो । स्थानीय सरकारको रुपमा रहेको उप–महानगरपालिकाका तर्फबाट आधिकारिक धारणा प्रवक्ता मार्फत सार्वजनिक गर्नका लागि वडा अध्यक्ष रिजाललाई प्रवक्ता चयन गरिएको […]