बाँके क्षेत्र नम्बर २ का उम्मेदवारले गरे एजेण्डामाथि बहस

लक्ष्मी तिमिल्सेना ७ फाल्गुन २०८२, बिहीबार १६:००
 
समाचार सारांश
Generated Using AI
  • बाँके क्षेत्र नम्बर २ का उम्मेदवारहरूले भौतिक पूर्वाधार, रोजगारी, सुशासन, सामाजिक न्याय, समावेशी विकास र राष्ट्रिय पहिचानजस्ता एजेण्डामा केन्द्रित भएर आफ्ना योजना प्रस्तुत गरेका छन्।
  • कार्यक्रममा उम्मेदवारहरूसँग नागरिक, युवा, पत्रकार र सरोकारवालाले प्रत्यक्ष प्रश्न–उत्तर गर्दै विकास, शिक्षा–स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण र अधिकारका विषयमा धारणा मागेका थिए।
  • महेन्द्र पुस्तकालयको आयोजनामा भएको बहसले मतदातालाई सूचित निर्णय लिन सहयोग गर्ने र लोकतान्त्रिक बहस संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको थियो।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : महेन्द्र पुस्तकालय नेपालगञ्जले बाँके २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारबीच चुनावी बहस गरेको छ । बहसमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईले बाँके २ नम्बर क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राख्ने बताएका थिए ।

 उनले भने,–‘बाँके क्षेत्र नम्बर २ लाई आर्थिक रूपमा सबल बनाउने, युवालाई स्वदेशमै रोजगारी दिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने मेरो एजेण्डा हो ।’

नेपाली कम्युनिस्ट पार्टीका दिपेन्द्र बिष्टले सामाजिक न्याय र उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राख्दै भने,–‘हामी जनताको पक्षमा उभिने राजनीतिक विकल्प हौं । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर समानताको आधार तयार गर्छौं ।’

त्यसैगरी नेपाली कांग्रेसका सुधांशु कोइरालाले लोकतान्त्रिक मूल्य–मान्यतासहित समावेशी विकासमा जोड दिँदै बाँकेको सम्भावनालाई सदुपयोग गर्दै पारदर्शी र उत्तरदायी नेतृत्व गर्न  प्रतिबद्ध रहेकाे बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ऋषिराज देवकोटाले परम्परा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणसँगै स्थानीय विकासलाई अघि बढाउने धारणा राखे ।


‘स्थायित्व र सुशासनमार्फत जनताको सेवा नै हाम्रो लक्ष्य हो ।’ स्वतन्त्र उम्मेदवार सौभाग्यजंग शाहले पनि दलभन्दा माथि उठेर जनताको प्रत्यक्ष सरोकारका विषयमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै स्वतन्त्र आवाजका रूपमा यस क्षेत्रका समस्या समाधान गर्न आफु प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा उपस्थित नागरिक अगुवा, युवापुस्ता, पत्रकार र सरोकारवालाले उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्न–उत्तरसमेत गरेका थिए । कार्यक्रममा सहभागीले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूबाट उनीहरुको उम्मेदवारीको औचित्यका साथै महत्वपूर्ण एक दर्जनबढी सवालमा धारणा र उनीहरुले गरेको तयारीको फेहरिस्त मागेका थिए ।

राष्ट्रिय तथा स्थानीय मुद्दामा केन्द्रित रहेको बहसले स्थानीय समस्याको समाधानमा संघीय संसदको भूमिकादेखि विकास तथा पूर्वाधार, सुशासन र भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य र रोजगारी, महिला तथा अल्पसंख्यक अधिकार र वातावरण संरक्षणजस्ता विषयमा केन्द्रित थियो ।

महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिको आयोजनामा मतदातालाई उम्मेदवारहरूको नीति, दृष्टिकोण र प्रतिबद्धताबारे स्पष्ट जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको उपसमितिका संयोजक, लेखक तथा पुस्तकालयका सल्लाहकार नरेन्द्रजंग पिटरले जानकारी दिए ।

पुस्तकालयमार्फत सार्वजनिक चासोका विषयमा स्वस्थ बहस संस्कृतिको विकास गर्ने प्रयासस्वरुप कार्यक्रम गरिएको बताउँदै पिटरले उम्मेदवारहरूसँगको बहसले उनीहरुका विचारहरूको तुलनात्मक विश्लेषण गर्न, मतदाताहरूलाई सूचित निर्णय लिन र लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असल शासन पोष्टले मनायो रजत बर्ष

७ फाल्गुन २०८२, बिहीबार १६:००
समाचार सारांश Generated Using AI बाँके क्षेत्र नम्बर २ का उम्मेदवारहरूले भौतिक पूर्वाधार, रोजगारी, सुशासन, सामाजिक न्याय, समावेशी विकास र राष्ट्रिय पहिचानजस्ता एजेण्डामा केन्द्रित भएर आफ्ना योजना प्रस्तुत गरेका छन्।कार्यक्रममा उम्मेदवारहरूसँग नागरिक, युवा, पत्रकार र सरोकारवालाले प्रत्यक्ष प्रश्न–उत्तर गर्दै विकास, शिक्षा–स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण र अधिकारका विषयमा धारणा मागेका थिए।महेन्द्र पुस्तकालयको […]