पाकिस्तानले मनायो ७१औँ स्वतन्त्रता दिवस

२९ श्रावण २०७५, मंगलवार १८:०८
 

सदरलाइनडटकम,
काठमाडौं : पाकिस्तानले मंगलवार आफ्नोे ७१औ स्वतन्त्रता दिवस मनाएको छ । १४ अगष्टका दिन पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै आएको छ । काठमाडौंस्थित पाकिस्तानी दूतावासले पनि विभिन्न कार्यक्रमका साथ स्वतन्त्रता दिवस मनाएको छ । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले पाकिस्तानी दूतावासको परिसरमा देशको राष्ट्रिय झण्डा फहराएर दिवस मनाएका हुन् ।
सो क्रममा राजदूत जावेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले पठाएको शुभकामना सन्देश वाचन गरेका थिए । कार्यक्रममा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव अमजद हुसैन बी सियाललगायत पाकिस्तानी दूतावास पुगेका थिए ।

Next Post

जन्मदिनमा निलसागर असहाय सेवा केन्द्रलाई सहयोग

२९ श्रावण २०७५, मंगलवार १८:०८
सदरलाइनडटकम, नेपालगन्ज :  गैसस महासंघ नेपाल बाँकेका पूर्व अध्यक्ष तथा अधिकारकर्मी प्रभात कुमार ठकुरीले आफ्नो जन्मदिनको अवसरमा बृद्धाश्रमलाई सहयोग गरेका छन् । ५२ औं जन्मदिन मनाउने क्रममा नेपालगन्जको शान्तिपथमा रहेको निलसागर असहाय, अशक्त पुनस्थापना केन्द्र तथा जेष्ठ नागरिक सेवा केन्द्रमा पुगेर सो आश्रमको व्यवस्थापनमा खर्चने गरेर ५ हजार २ सय […]