समाचार सारांश
- भारतको इन्दौरमा शुक्रबारदेखि ‘इन्डियन जर्नलिज्म फेस्टिभल–२०२६’ को १८औँ संस्करण सुरु भएको छ।
- महोत्सवमा सार्क मुलुकसहित भारतका करिब १५० पत्रकार, सम्पादक तथा डिजिटल मिडिया विज्ञ सहभागी छन्।
- ‘जेन–जी’ र डिजिटल सञ्चारमाध्यमको प्रभावमा केन्द्रित महोत्सवमा पत्रकारिता पुरस्कार तथा सम्मानसँगै विभिन्न अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिँदैछ।

नेपालगञ्ज : भारतको मध्यप्रदेश इन्दौरको साउथ टुकोगन्जस्थित ‘जाल सभागृह’मा शुक्रबारदेखि तीन दिने ‘इन्डियन जर्नलिज्म फेस्टिभल २०२६’ को १८औँ संस्करण सुरु भएको छ ।
‘मध्य प्रदेशको ’स्टेट प्रेस क्लब’द्वारा आयोजित प्रतिष्ठित राष्ट्रिय भेलामा सार्क मुलुक र भारतका करिव १५० भन्दा बढी पत्रकार, सम्पादक र डिजिटल मिडिया विज्ञहरूको सहभागिता रहेको छ ।
यस वर्षको महोत्सव ‘जेन–जी’ तथा छापा, विद्युतीय र डिजिटल सञ्चारमाध्यममा यसको प्रभावमा केन्द्रित हुने आयोजकले जनाएका छन । कार्यक्रममा हिन्दी पत्रकारिताका ‘सप्तर्षी (सात दिग्गज व्यक्तित्वहरू)—स्वर्गीय राहुल बरपुटे, राजेन्द्र माथुर, प्रभाष जोशी, माणिकचन्द्र वाजपेयी, रमेशचन्द्र अग्रवाल, अभय छजलानी र कृष्णकुमार अस्थाना—प्रति उच्च सम्मान व्यक्त गरिएको थियो ।
कार्यक्रमको भव्य उद्घाटन समारोहमा भारतको सर्वोच्च अदालतका न्यायाधीश जेके महेश्वरी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए भने मध्य प्रदेश विधानसभाका विपक्षी दलका नेता उमंग सिंघार, माखनलाल विश्वविद्यालयका उपकुलपति विजय मनोहर तिवारी र एमडीएचका अध्यक्ष राजीव गुलाटी विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रका नेतृत्वकर्ताहरूको पनि उपस्थिति थियो; जसमा सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा र महासचिव एमडी अब्दुर रहमानका साथै फेडेरेसन अफ प्रेस क्लबका अध्यक्ष गौतम लाहिरी र करेस्पोन्डेन्ट क्लब अफ इन्डियाका महासचिव प्रकाश नन्दालगायतका विशिष्ट अतिथिका रूपमा सहभागी छन् ।
कार्यक्रममा महोत्सव संयोजक सुदेश तिवारी, कार्यक्रम निर्देशक तथा ‘स्टेट प्रेस क्लब एमपी’का अध्यक्ष प्रवीण खारीवाल र प्रमुख महासचिव नवनीत शुक्लाले सप्तर्षी पुरस्कारको घोषणा गरे ।
पत्रकारिताको क्षेत्रमा उत्कृष्ट कार्य र आजीवन योगदानको कदर गर्दै प्रदान गरिने सम्मानहरू यस महोत्सवको मुख्य आकर्षण हन । सप्तर्षी लाइफटाइम अचिभमेन्ट अवार्ड ख्यातिप्राप्त कवि तथा साहित्यकार स्वर्गीय नरेश मेहताको स्मृतिमा स्थापित यो प्रतिष्ठित पुरस्कारबाट ७३ वर्षीय वरिष्ठ सम्पादक देवप्रिया अवस्थीलाई सम्मानित गरिने छ ।
राष्ट्रिय पत्रकारिता पुरस्कार विजेताहरू हार्दिक विकास दवे (जी न्यूज), तेजश्री पुरंदरे (एनडीटीभी), पंकज वानखेडे (न्युज इन्डिया), शुभम गौतम (एनडीटीभी एमपी–सीजी), प्रीता उपाध्याय (जी मिडिया), शिखा शर्मा (मग्नन समूह), वैभव पलनिटकर (दैनिक न्यूजविक समूह), वैभव पाल्नितकर (दैनीक न्यूज) ।
राज्य पत्रकारिता पुरस्कार विजेता गिरीश उपाध्याय, प्रकाश भटनागर (अनाडी टिभी), देशदीप सक्सेना (द वाइल्डलाइफ डट कम), शरद द्विवेदी (बंसल न्युज), सुधीर दीक्षित (न्यूज १८ एमपी–सीजी), प्रभु पटेरिया (स्वराज एक्सप्रेस एसएमबीसी), शिफाली (ईटीवी भारत डिजिटल), श्रुति तोमर (हिन्दुस्तान शर्मा), डिजिटल शर्मा (हिन्दुस्तान), त्रिवेदी, भावना शुक्ला (हितवाद), र पंकज शुक्ला (सुभा–सवेरे) रहेका छन ।
आगामी तीन दिनमा, प्यानल गत छलफल गरिने, मिडिया शिखर सम्मेलन र अन्तरक्रियात्मक सत्रहरूले डिजिटल युगमा भारतीय पत्रकारिताको विकसित परिदृश्यलाई सम्बोधन गर्नेछन् ।

