भारतमा हिन्दी पत्रिका ‘उदन्त मार्तण्ड’ प्रकाशनको २ सय वर्षगाँठ मनाईदै

रुद्रप्रसाद सुवेदी २ बैशाख २०८३, बुधबार १९:५०
 
समाचार सारांश
Generated Using AI
  • भारतको Kolkata मा हिन्दीको पहिलो पत्रिका ‘उदन्त मार्तण्ड’ को २०० वर्ष पूरा भएको अवसरमा ३० मे २०२६ मा विशेष कार्यक्रम आयोजना हुँदैछ।
  • SAARC Journalists Forum भारत च्याप्टरद्वारा आयोजित कार्यक्रममा पत्रिकाको ऐतिहासिक यात्रा र Pandit Yugal Kishore Shukla स्मृति पुरस्कारबारे छलफल हुनेछ।
  • १८२६ मा सुरु भएको ‘उदन्त मार्तण्ड’ ले हिन्दी पत्रकारिताको आधार राख्दै भारतीय मिडिया इतिहासमा महत्वपूर्ण योगदान दिएको मानिन्छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज  : भारतमा हिन्दी भाषाको पहिलो पत्रिका ‘उदन्त मार्तण्ड’ (उदाउदो सूर्य) पत्रिकाकोे प्रकाशनको २ सय वर्ष पुगेको अवसरमा भारतको कोलकातामा एक दिवशीय कार्यक्रमको आयोजना गरिने भएको छ ।

सार्क पत्रकार मञ्च भारत च्याप्टरको आयोजनामा भारतको कलकत्तामा हुने सो कार्यक्रम आगामी जेठ महिनाको १६ गते अर्थात ३० मे २०२६ का दिन आयोजना गर्ने भएको छ ।

कार्यक्रममा केवल उदन्त मार्तण्ड पत्रिकाको २ सयवर्षको यात्रा र यसका संस्थापक सम्पादक पण्डित युगल किशोर शुक्लास्मृति पुरस्कारको बारेमा छलफल हुने सार्क पत्रकार मञ्च भारत च्याप्टरका अध्यक्ष डा. अनुरुध कुमार शुधान्सुले जानकारी दिए ।

उदन्त मार्तण्ड (द राइजिङ सन) को यात्रा हिन्दी पत्रकारिताको जग हो । मे ३०, १८२६ मा कलकत्ता (अहिले कोलकाता) बाट सुरु भएको यो पत्रिकाले २०२६ मा हिन्दी प्रेसको २०० वर्ष पूरा भएको अवसरमा भारतीय मिडिया परिदृश्यमा ऐतिहासिक परिवर्तनको प्रतिनिधित्व गरेको विश्वास गरिन्छ ।

मे ३०, १८२६ उदन्त मार्तण्ड (द राइजिङ सन) साप्ताहिकका संस्थापक पण्डित युगल किशोर शुक्लाले त्यतीबेला अंग्रेजी र बंगाली मिडिया बढ्दै जाँदा, हिन्दी भाषी जनसंख्याको कुनै आवाज नभएको महशुस गरी यसको प्रकाशन कलकत्ताबाट गरेका थिए ।

शुक्ला आफु मूल रूपमा कानपुरका निवासी र पेशाले वकिल थिए । उनले प्रकाशन गर्न थालेको हिन्दी भाषाको पत्रिका ‘उदन्त मार्तण्ड’ जसको अर्थः ‘उदन्त’ भन्नाले समाचार वा रिपोर्ट हो, र ‘मार्तण्ड’ को अर्थ सूर्य हो । प्रतीकात्मक रूपमा, यो हिन्दी भाषाको ‘समाचारको सूर्य’ बनाउने उद्देश्यले सुरु गरिएको थियो ।


यो हरेक मंगलबार प्रकाशित हुने साप्ताहिक पत्रिका थियो । यो पत्रिकाले आफनो ७९ आंकमात्र प्रकाशि हुन सफल भएको छ । मे ३०, १८२६ मा पहिलो अंक प्रकाशित भएको यो पत्रिका ४ डिसेम्बर १८२७ मा बन्द भएको थियो ।

यो पत्रिका लगभग ७९ अंक मात्र टिक्यो । डिसेम्बर ४, १८२७ मा यसको अन्तिम संस्करणमा, पण्डित जुगल किशोर शुक्लाले आफ्नो दुःख व्यक्त गर्दै एक प्रसिद्ध र मार्मिक दोहोरी लेखेका थिए । ‘उदन्त मार्तण्ड होये अस्त अब’ जसको अर्थ थियो (समाचारको सूर्य अब अस्ताउँदैछ) । उनले जनता र सरकारको ‘उदासीनको अन्धकार’ ले सूर्यलाई समयपूर्व अस्ताउन बाध्य पारेको उल्लेख गरे ।

सार्क पत्रकार मञ्च भारत च्याप्टरका अध्यक्ष डा अनुरुधले एक मिडिया पेशेवर र सार्क पत्रकार मञ्चका नेताको रूपमा, उदन्त मार्तण्डको कथाले पत्रकारितामा आवश्यक पर्ने लचिलोपनको सम्झना गराउँने दाबी गर्दै यसलाई पुनर्जीवित गराउनु पर्न विचारले कार्याक्रमको आयोजना गरिएको बताए ।

उनले भने–‘क्षेत्रीय सहयोगलाई पुनर्जीवित गर्न सार्क पत्रकार मञ्चसँगको हाम्रो काम जस्तै, पंडित जुगल किशोर शुक्लाले गम्भीर आर्थिक र राजनीतिक अवरोधहरूको सामना गर्नु परे पनि छापिएको शब्दको शक्ति मार्फत विविध जनसंख्यालाई एकताबद्ध गर्ने लक्ष्य थियो । ’

सो कार्यक्रममा सार्क पत्रकार मञ्चमा आबद्ध सार्क मुलुकका पत्रकारहरूको सहभागिता हुने र पण्डित युगल किशोर शुक्लको भारतीय पत्रकारिताको विकासमा दिएको योगदानको बारेमा चर्चा गरिने सार्क पत्रकार मञ्चका महाचिव एमडी अब्दुर रहमानले बताए ।

उनले सो अवसरमा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा स्थापना गरिएको पण्डित युगल किशोर शुक्ल सम्मान २०२६ को लागि सार्क क्षेत्रका पत्रकारहरुद्वारा आवेदन पनि खुला गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जस्थित खाद्य व्यवस्था कम्पनीमा २२ हजार क्विन्टल चामल स्टक

२ बैशाख २०८३, बुधबार १९:५०
समाचार सारांश Generated Using AI भारतको Kolkata मा हिन्दीको पहिलो पत्रिका ‘उदन्त मार्तण्ड’ को २०० वर्ष पूरा भएको अवसरमा ३० मे २०२६ मा विशेष कार्यक्रम आयोजना हुँदैछ।SAARC Journalists Forum भारत च्याप्टरद्वारा आयोजित कार्यक्रममा पत्रिकाको ऐतिहासिक यात्रा र Pandit Yugal Kishore Shukla स्मृति पुरस्कारबारे छलफल हुनेछ।१८२६ मा सुरु भएको ‘उदन्त मार्तण्ड’ […]