२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

तक्षशिला एकेडमीको पौडिपोखरी उद्दघाटन



सदरलाइनडटकम
५ बैशाख, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमी बाँकेको परिसरमा निर्माण भएको पौडी पोखरीको एक समारोहका बीचमा उद्द्घाटन गरिएको छ ।

बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले पौडिपोखरीको मुल ढोकाको रिबन काटेर उद्दघाटन गरेका हुन ।

 माध्यामिक तहका स्टेण्डर्डको सो पौडिपोखरी विद्यार्थीको शाररीक, मानसिक विकाससंगै विद्यालय तहदेखि नै पौडीको राष्ट्रिय अन्तराष्ट्रिय खेलाडि उत्पादन गर्ने उद्देश्यले निर्माण गरिएको विद्यालयका डाईरेक्टर कमल पछाईले जानकारी दिए ।

विद्यालयका संस्थापक खोपीराम ओलीले सञ्चालन गरको सो कार्यक्रममा बागेश्वरी बहुमुखि पब्लिक क्याम्पसका सह प्राध्यापक एकराज शर्मालगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २०७५ वैशाख ५ गते बुधबार
ताजा समाचार