सदरलाइनडटकम 
१० पुस, नेपालगन्ज : बाँकेमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेसंगै ती होटललाई लक्षीत गरी होटल म्यानेजमेन्ट तथा हस्पिटालिटिका कक्षाहरु सञ्चालनमा ल्याईएका छन् । युनिभर्सल एकेडमी अफ हस्पिटालिटी म्यानेजमेन्ट नेपालगन्जले सिटईभिटी तथा अन्य निकायसंगको सम्बन्धनमा नेपालगन्जमा १८ महिने होटल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
युनिभर्सल एकेडमी अफ हस्पिटालिटी म्यानेजमेन्ट नेपालगन्जका प्रबन्ध सञ्चालक मनोज कुँवरले १८ महिने होटल व्यवस्थापनका कक्षाहरु सञ्चालनमा ल्याएको बताए । उनले नेपालगन्ज तथा आसपासमा सुविधा सम्पन्न होटल खुल्ने क्रम जारी रहेको तर, आवश्यक जनशक्तिको अभाव खड्किएको कारण आफुहरुले रोजगार मुलक तालिमका कक्षा सञ्चालन गर्ने सोचका साथ युनिभर्सल एकेडमी अफ हस्पिटालिटी म्यानेजमेन्ट कलेज सञ्चालनमा ल्याएको बताए ।
उनले भने–‘छ महिना नेपालगन्जमा नै कक्षा सञ्चालन हुने र बाँकी १२ महिना तलव पाउने गरी अन द जब ट्रेनिङ्गका कक्षका लागि चिनमा ईन्टर्नसिपको लागि पठाउने व्यवस्था गरिएको छ ।’ उनले हाल तेस्रो व्याचको कक्षा सञ्चालनमा रहेको बताए ।
उनले भने–‘पहिलो व्याजका विद्यार्थीहरु चीनमा तलबी ईन्टर्नसिपमा छन् । अवको केही दिनमै दोस्रो व्याचका विद्यार्थीहरु जाने तयारीमा हुँदै गर्दा तेस्रो व्याचको लागि विद्यार्थी आवेदन खुलेको छ । दिनहुँ अभिभावक सहित विद्यार्थीहरु आउने गरेका छन् ।’ कलेजले एक व्याचको लागि ३० जना विद्यार्थी भर्ना लिने गरेको उनले बताए ।
उनले कलेजकै सुविधा सम्पन्न भान्साको प्रयोग गर्दै कुकीङ्ग, होटल म्यानेजमेन्टका ४ वटा मेजर विषयसहित होटल मार्केटिङ्ग, टुरिज्म मार्केटिङ्ग, होटल एकाउन्टीङ्ग जस्ता विषय अडियो भिजुअलसंगै संैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने गरेको बताए ।
कलेजका प्रिन्सिपल भरत विष्टले आफ्ना उत्पादनले जाँहा गएपनि सजिलै रोजगारी पाउन भन्ने उद्देश्यले कलेजले अडियो भिडियो कक्षा, बार, रेष्टुरेन्ट, बेकरी, हाउस किपिङ्ग, फण्ट अफिसर र रिसेप्सनिष्टको लागि समेत छुट्टाछुट्टै प्रयोगशाला समेतको व्यवस्था गरेको बताए ।
उनले कलेजले सिटिभिटि, विपिएक्सआई चाईना, सिएमसि सिंगापुर, पाटा नेपाल लगायतबाट सम्बन्धन र स्वीकृती लिएर कक्षा सञ्चालन गरेको कारणले पनि उनीहरुलाई रोजगारीको साथै अत्मनिर्भरको लागि पनि सहज हुने दाबी गरे ।











प्रतिक्रिया दिनुहोस्