सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुल्ने

२९ चैत्र २०७३, मंगलवार १७:४४
 

२९ चैत , काठमाडौँ : सरकारले ७४४ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सरकारले नयाँ प्रावधानअनुसार स्थानीय तहको संरचना खडा गरेको र आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनसमेत हुन लागेको सन्दर्भमा नागरिकलाई वित्तीय सेवाको पहुँच दिनका लागि त्यस्ता शाखा खोल्न लागिएको हो ।

अर्थमन्त्रालयले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्नका लागि सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने कार्य तत्काल अगाडि बढाउन आवश्यक निर्देशन दिनुभएको छ ।


नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै स्थानीय जनतालाई सेवा दिने गरी शाखा खोल्नका लागि आवश्यक व्यवस्था गरिएको र प्रक्रियासमेत सुरु भएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्ता शाखा खोल्दा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थालाई नै प्राथमिकता दिनुपर्नेछ । सरकारी बैंक तथा वित्तीय संस्थाप्रति जनताको विश्वास बढाउन र सेवा प्रवाहलाई समेत सहज एवम् सरल बनाउन सरकारी बैंक तथा वित्तीय संस्था नै स्थानीय तहमा जानुपर्छ भन्ने मान्यताका साथ प्रक्रिया अगाडि बढाइएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

बैंक तथा वित्तीय संस्था खोल्नका लागि मन्त्रालयको बैंक तथा वित्तीय क्षेत्र महाशाखाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पनि स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने आवश्यक प्रक्रिया अगाडि बढाउन निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसक्नुभएको छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मतदाता शिक्षासँगै दलहरू निर्वाचनमा जुट्दै

२९ चैत्र २०७३, मंगलवार १७:४४
२९ चैत, नेपालगन्ज : स्थानीय तहको निर्वाचनका लागि बाँके जिल्लामा मतदाता स्वयंसेवकलाई प्रशिक्षण दिन थालिएकोे छ । जिल्लामा तोकिएका ३११ मतदान केन्द्रको प्रतिनिधित्व गर्ने प्रशिक्षकलाई तालिम दिइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो । अहिलेसम्म ३१० जनालाई प्रशिक्षण दिइसकेको बताउँदै उहाँले वैशाख १ गतेदेखि प्रशिक्षकहरू मतदाता शिक्षाका लागि […]