
राजापुर, (बर्दिया): बर्दियाको राजापुरमा मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक समस्याहरूको सम्बोधन गर्न सामूहिक प्रयासलाई सुदृढ बनाउने उद्देश्यले सरोकारवालाहरूसँग सिकाइ, अनुभव आदानप्रदान तथा समन्वय बैठक सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो बैठक बाँके युनेस्को क्लबद्वारा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत सहयोग गरिएको थियो । राजापुर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरीले कार्यक्रम सञ्चालन गरेको कार्यक्रम उपप्रमुख मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, शिक्षा निर्देशक टीकानाथ गोसाई, वडा अध्यक्षहरू, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरी, मानव बेचबिखन नियन्त्रणका लागि गठित स्थानीय समितिका सदस्यहरू, सञ्चारकर्मी तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गर्नुभएको थियो ।
बैठकको मुख्य उद्देश्य सुरक्षा परियोजनाको प्रगति तथा उपलब्धिहरूको समीक्षा र अनुभव आदानप्रदान गर्नु, मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण सुदृढीकरणमा परियोजनाले पुर्याएको योगदानको समीक्षा गर्नु, देखिएका चुनौतीहरू पहिचान गर्नु तथा स्थानीय सरकार, विद्यालय, समुदाय, नागरिक समाज र अन्य सरोकारवालाहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउनु रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्