
नुवाकोट : भोटेकोसी रसुवामा आएको बिनाशकारी बाढीले बगाएको त्रिभुवन त्रिशुली मावि बिदुर नुवाकोटका विद्यार्थीहरुलाई सहयोग हस्तान्त्रण गरिएको छ । बास नेपालको टोलि विद्यालयमै पुगेर एफकेबी युकेको सहयोगमा सो विद्यालयका १ हजार ४ सय ३७ विद्यार्थीहरुलाई आवश्यक सामाग्री सहयोग गरिएको हो ।
एफकेबी युकेको सहयोगमा २५० छात्राहरुलाई महिनावारी हुँदा आवश्यक पर्ने पुनः प्रयोग गर्न मिल्ने प्याड सहितको फ्रिडम कीट व्याग, ३ सयजना छात्र, छात्रहरुलाई दैनिक उपभोग्य सामाग्री, स्वास्थ्य सामाग्री, प्राथमिक उपचारको सामाग्री सहितको हाईजेनिक किट प्रदान गरिएको थियो ।
यसैगरी जनजीवन फाउन्डेसन भारत र नेपालगञ्ज स्थित विभिन्न संस्था र व्यक्तिहरुको सहयोगमा १ हजार २ सय ८६ वटा स्टेशनरी, ४ सय ७२ जना विद्यार्थीहरुलाई लत्ताकपडा, १ सय ३७ वटा भाँडाकुडा, २३ थान ओढ्ने, ओछ्याउने कपडा, ५१ जनालाई झोला प्रदान गरिएको छ ।
१० लाख बराबरको सहयोग प्रदान गरिएको बास नेपालले जनाएको छ । बिदुर नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष लेलिन रन्जितको प्रमुख आतिथ्यता, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शिबराज बोगटी, विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, नेपाल युवा परिषदका अध्यक्ष सरोज बानिया, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, बाग्मती प्रदेश ईन्चार्ज सागर बोहरा, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, जनसम्पर्क अधिकृत माधव कार्की, शिक्षा अधिकृत मिना घर्ती मगर, जनसम्पर्क सहायक सुमिता कुमालको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष लेलिन रन्जितले सहयोगका लागि बास नेपाललाई धन्यवाद ज्ञापन गर्दै भौतिक निर्माणका लागि सहयोगका लागि आग्रह गरे । विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले सहयोग प्रती अनुग्रहित भएको उल्लेख गर्दै बालबालिकाहरुलाई मनोसामाजिक सेवा प्रदान गर्न बास नेपाललाई आग्रह गरे ।
बाढी आउँदै गरेको मौखिक सूचनाका आधारमा त्रिशुली नदि किनारमा रहेको सो विद्यालयका १ हजार ६ सय बढी बालबालिकाहरुलाई बिधालयले घरतर्फ जान पठाएको थियो । जसका कारण कुनै मानवीय क्षती भएन, बिद्यार्थी, शिक्षकहरु घर गएको केही समयमै सो विद्यालय पूर्णरुपमा बगेको थियो ।
पूर्णरूपमा विद्यालय बगाएपछि बन्द भएको विद्यालय वडा नम्वर १ कै कलोनी स्थित यातायात तथा भौतिक मन्त्रालय अन्तरगतको भवन निर्माण शाखाको भवनमा अस्थाई रुपमा असोज १ गतेदेखि विद्यालय संचालन गरिरहेको छ ।
सोही विद्यालयमा पुगेर बास नेपालले सहयोग सामाग्री हस्तान्तरण गर्नुका साथै मनोसामाजिक शिक्षा र महिनावारी शिक्षा प्रदान गरिएको थियो । मनोसामाजिक शिक्षा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र बाग्मती प्रदेश ईन्चार्ज सागर बोहराले प्रदान गरेका थिए भने महिनावारी शिक्षा शिक्षा अधिकृत मिना घर्ती मगरले दिएकी थिईन । सहयोग प्राप्त गरिसकेपछि बालबालिकहरु खुसी भएका थिए । उनीहरुले आवश्यक सहयोग प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्