बर्दियामा फर्कियो सुगन्धित धान ‘काला नमक’

सदरलाइन संवाददाता २४ असार २०८३, बुधबार २०:०५
 
समाचार सारांश
Generated Using AI
  • बर्दियाको ठाकुरबाबा नगरपालिकामा लोपोन्मुख तथा सुगन्धित ‘काला नमक’ धानको संरक्षण र प्रवर्धनका लागि ११ बिघामा सामूहिक व्यावसायिक खेती सुरु गरिएको छ।
  • सिंहबाहिनी शिवशक्ति कृषक बहुउद्देश्यीय सहकारीका १,००५ सदस्यको सहभागितामा सुरु गरिएको खेतीले स्थानीय धानको जात संरक्षणसँगै कृषकको आयआर्जन बढाउने अपेक्षा गरिएको छ।
  • उत्पादन कम भएकाले लोपोन्मुख बन्दै गएको काला नमक धान अहिले बर्दियामा ठाकुरबाबा नगरपालिकामा मात्रै खेती भइरहेको कृषि कार्यालयले जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बबई (बर्दिया) : बर्दियामा लोप हुने अवस्थामा पुगेको परम्परागत तथा सुगन्धित ‘काला नमक’ धानको संरक्षण र प्रवर्धनका लागि ठाकुरबाबा नगरपालिकामा सामूहिक खेती सुरु गरिएको छ ।

ठाकुरबाबा नगरपालिका–१, सिंहबाहिनी गाउँका कृषकले सिंहबाहिनी शिवशक्ति कृषक बहुउद्देश्यीय सहकारी संस्थामार्फत ११ बिघा क्षेत्रफलमा काला नमक धानको व्यावसायिक खेती सुरु गरेका हुन् ।

सहकारीमा आबद्ध एक हजार पाँच जना साधारण सदस्यको सहभागितामा सुरु गरिएको खेतीले लोपोन्मुख स्थानीय जातको धान संरक्षणसँगै कृषकको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सहकारीका अध्यक्ष युवराज शर्माका अनुसार खेतीको अवस्था उत्साहजनक देखिएको छ । उनले काला नमक धानको उत्पादन विस्तार गर्दै यसको संरक्षणलाई दीर्घकालीन अभियानका रूपमा अघि बढाइने बताए ।


कृषकका अनुसार काला नमक धानको उत्पादन अन्य उन्नत जातका धानको तुलनामा कम हुन्छ । प्रतिकट्ठा करिब एक क्विन्टल उत्पादन हुने यस धानको उत्पादन कम हुने भएकै कारण विगत केही वर्षदेखि कृषकले यसको खेती घटाउँदै लगेका थिए । त्यसपछि बर्दियामा यसको उत्पादन झन्डै लोप हुने अवस्थामा पुगेको थियो ।

ठाकुरबाबा नगरपालिका–४, बौनपुरका कृषक भक्त विष्टले सामूहिक रूपमा खेती गर्दा स्थानीय जातको धान संरक्षण गर्न सहज हुने बताए । उनका अनुसार काला नमक धान केवल आर्थिक उत्पादन मात्र नभई स्थानीय कृषि सम्पदाको संरक्षणसँग पनि जोडिएको विषय हो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सूचना अधिकारी फिर्तुमान चौधरीका अनुसार बर्दियाका आठ स्थानीय तहमध्ये हाल ठाकुरबाबा नगरपालिकामा मात्रै काला नमक धानको खेती भइरहेको छ ।

केही वर्षअघि राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा काला नमक धान उत्पादन हुने गरे पनि पछिल्लो समय यसको खेती थिएन ।

काला नमक धान लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र कपिलवस्तु जिल्लामा परम्परागत रूपमा उत्पादन हुँदै आएको स्थानीय तथा सुगन्धित धानको जात हो । पछिल्ला वर्षमा यसको खेती घट्दै गएपछि संरक्षणको आवश्यकता महसुस हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुलाकी सडकको बाँकी खण्ड निर्माणका लागि ठेक्का आह्वानको तयारी

२४ असार २०८३, बुधबार २०:०५
समाचार सारांश Generated Using AI बर्दियाको ठाकुरबाबा नगरपालिकामा लोपोन्मुख तथा सुगन्धित ‘काला नमक’ धानको संरक्षण र प्रवर्धनका लागि ११ बिघामा सामूहिक व्यावसायिक खेती सुरु गरिएको छ।सिंहबाहिनी शिवशक्ति कृषक बहुउद्देश्यीय सहकारीका १,००५ सदस्यको सहभागितामा सुरु गरिएको खेतीले स्थानीय धानको जात संरक्षणसँगै कृषकको आयआर्जन बढाउने अपेक्षा गरिएको छ।उत्पादन कम भएकाले लोपोन्मुख बन्दै […]