समाचार सारांश
- सरकारको सय दिनमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले करिब १३ किलोमिटर शाखा–प्रशाखा नहर निर्माण गर्दै १ हजार हेक्टरभन्दा बढी भूमिमा सतही सिँचाइ सुविधा विस्तार गरेको जनाएको छ।
- आयोजनाले चालु आर्थिक वर्षमा थप २ हजार ५ सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउँदै कुल सिँचित क्षेत्र २५ हजार हेक्टर पुगेको जानकारी दिएको छ।
- आयोजनाले डिजिटल नागरिक बडापत्र, क्यूआरमार्फत गुनासो प्रणाली, ई–हाजिरी र प्रयोगशाला क्षमता विस्तारजस्ता प्रशासनिक सुधारसमेत लागू गरेको छ।

नेपालगञ्ज : सरकारको सयदिन पुग्दै गर्दा बााकेमा सञ्चालनमा रहेको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाले करिव १३ किलोमिटर नहरको शाखा प्रशाखा निर्माण गर्नुको साथै १ हजार हेक्टरबढी भूमिमा सतही सिचाईको लागि पानी पुराएको जानकारी दिएको छ ।
आयोजना प्रमुख राजु आचार्यले सरकारका सय दिन पुग्दैगर्दा आयोजनाको उपलब्धी र प्रगतिबारे जानकारी दिदै आयोजनाले यो समयाबधीमा करिव १३ किलोमिटर नहरको शाखा प्रशाखा निर्माण गर्नुको साथै १ हजार हेक्टरबढी भूमिमा सतही सिचाईको लागि पानी पुराएको जानकारी दिए ।
उनले भने–‘आयोजनाको उपलब्धी सरकारको सयदिन सय कार्यसुची अनुसार कार्यालयबाट धेरै उपलब्धीहरु भएका छन ती मध्ये यो अवधीमा हामीले कम्तीमा पनि हजार हेक्टर भुमीमा चिाईका लागि पानी पुराएका छौ भने १३ किलोमिटर नहर थप निर्माण गरेका छौ ।’

उनले यो वर्षमा करिव २ हजार ५ सय हेक्टर थप भुमीमा सिचाईको सुविधा पुराईएको बताउदै भने–‘अब सिक्टा सिचाई आयोजनाको कभरेज क्षेत्रफल गत बर्षसम्म २२ हजार ५ सय थियो भने यो वर्ष २ हजार ५ सय हेक्टर भुमीमा थप पानी पुराएर सिक्टाको कभरेज क्षेत्रफल २५ हजार हेक्टर पुराएका छौ ।’
उनले सो अवधिमा कार्यालयको सुधार तथा सय कार्यसूचीको कार्यान्वयनको लागि नागरिक बडापत्रलाई डिजिटिलाईजेशन गरिएको, उजुरी तथा गुनासोको लागि क्यूआर कोड तयार गरिएको, ई–हाजिरीको व्यवस्था गरिएको, प्रयोगशालाको क्षमता बृद्धि गरिएको पेण्डिङ्ग फाईल शुन्यको नीति अबलम्बन गरिएकोलगायतका कार्यहरु गरिएको जानकारी दिए ।
बाँकेको करिव ४३ हजार भुमीमा सतही सिचाई प्रणालीबाट सिचाई पुराउने लक्षसहित निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाले हालसम्म २५ हजार हेक्टरमा पानी पुराई सकेको छ । यसले बाँकेका किसानलाई थोरै भएपनि राहत दिएको छ ।


सरकारको सयदिनमा सिक्टाको प्रगती
