नेपालगञ्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाईनल समीकरण पुरा

सदरलाइन संवाददाता ५ असार २०८३, शुक्रबार १८:४५
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष ५एस हक्की प्रतियोगिता–२०८३ को फाइनल समीकरण पूरा भएको छ।
  • महिलातर्फ त्रिभुवन चोक क्लब र बाँके गाउँ क्लब तथा पुरुषतर्फ महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लब उपाधिका लागि भिड्ने भएका छन्।
  • फाइनल खेल आज बेलुका ५ः३० बजे हुने आयोजकले जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष ५एस हक्की प्रतियोगिता– २०८३ को फाईनल समीकरण पुरा भएको छ ।

महिलातर्फ त्रिभुवन चोक क्लब र बाँके गाउँ क्लब तथा पुरुष तर्फ महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लब फाईनलमा प्रवेश गरेका छन ।


महिलातर्फ त्रिभुवन चोक क्लबले लीग चरणमा २ जीत र २ हारसहित ६ अंक र बाँके गाउँ क्लबले ३ खेलमा अपराजित रहदै ९ अंक प्राप्त गरी फाईनलमा प्रवेश गरेका हुन ।

त्यस्तै पुरुषतर्फ महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लबले लीग चरणमा १ हार र २ जीतसंगै समान ७÷७ अंक हासिल गर्दै फाईनलमा प्रवेश गरेका हुन ।

फाईनल खेल आज बेलुका ५ः३० बजे हुने आयोजकले जनाएको छ । नेपालगञ्ज उप– महानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष ५एस हक्की प्रतियोगिता–२०८३ बिहिवारदेखि नेपालगञ्जमा सुरु भएको हो । प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा वर्षातको पानीले हुने डुवानबाट जोगाउन नाली सफाई तीब्र

५ असार २०८३, शुक्रबार १८:४५
समाचार सारांश Generated Using AI नेपालगञ्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष ५एस हक्की प्रतियोगिता–२०८३ को फाइनल समीकरण पूरा भएको छ।महिलातर्फ त्रिभुवन चोक क्लब र बाँके गाउँ क्लब तथा पुरुषतर्फ महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लब उपाधिका लागि भिड्ने भएका छन्।फाइनल खेल आज बेलुका ५ः३० बजे हुने आयोजकले […]