समाचार सारांश
- कोहलपुर गोल्डकपको उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लबले पञ्चकोशी युवा क्लबलाई २–१ ले पराजित गर्दै विजयी सुरुआत गर्यो ।
- पेपे र फागुराम चौधरीले आयोजकका लागि गोल गर्दा कुशाग्र उप्रेतीले पञ्चकोशीका लागि सान्त्वना गोल गरे ।
- वैशाख १९–२६ सम्म सञ्चालन हुने प्रतियोगितामा ८ टोली सहभागी छन् र विजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा अजदेखि सुरु भएको चौथो कोहलपुर गोल्डकप’ फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लबले पाहुना पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम) लाई २–१ ले पछाडी पार्दै जित हासिल गरेको छ ।
आयोजक कोहलपुर रेसिङ साहारा क्लबका तर्फबाट पहिलो हाफको २४ मिनेटमा जर्र्सी नं १५ का डिएफ पेपेले पहिलो गोल गरेका थिए । त्यसको लगत्तै ४४ औ मिनेटमा पाहुना टोलीलाई स्तब्ध पार्दै आयोजक कोहलपुर रेसिङ साहारा क्लबलका जर्सी नं. ११ का फागुराम चौैधरीले दोस्रो गोलगरी आयाजक टिमलाई आग्रता दिलाएका थिए ।
पाहुना पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम)ले गोल अन्तर घटाउन निक्कै प्रयास गरेपनि ८८ औ मिनेमा मात्र क्लवका कुशाग्र उप्रेतीले गोल फर्काएका थिए । पञ्चकोशी युवा क्लबका तर्फबाट भएको प्रयास गोलमा परिणत हुन नसक्दा पराजय व्योहोर्नु परो ।
प्रतियोगिताको चौथो संस्करण कोहलपुर नगरपालिकाको नगरप्रमुख पुर्ण आचार्यले उद्घाटन गरेका हुन । यही वैशाख १९ गतेदेखि २६ गतेसम्म कोहलपुर–२ स्थित तेह्र बिघा खेल मैदानमा हुदै छ ।
प्रतियोगितामा नेपालका विभिन्न प्रतिष्ठित क्लब तथा विदेशी टिमको समेत सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी हुने टिमहरूमा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब रहेका छन् ।

२० गते विदेशी क्लब जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली प्रदेशबिच खेल हुने छ । यसैगरी २१ गते लालीगुुराँस एसोसियसन क्लब पोखरा र सातदोबाटो युथ क्लब ललितपुर भिड्ने छन् । २२ गते विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौँ र साविक विजेता राइजिङ स्टार क्लब सुनवल नवलपरासीबिच हुने छ ।
कुल आठ टिममध्ये जित्ने चार टिम सेमिफाइनल प्रवेश गर्ने र पराजित हुने टिम गोल्डकपबाट बाहिरिने छ । पहिलो सेमिफाइन २३ र दोस्रो सेमिफाइनल खेल २४ गते हुने छ । पहिलो र दोस्रो सेमिफाइनलमा जित्ने टिम कोहलपुर गोल्डकपको फाइनल प्रवेश गर्ने छन् भने हार्ने टिमको चौथो संस्करणको कोहलपुर गोल्डकप यात्रा टुङ्गिने छ ।
प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपियाँको नगर पुरस्कार प्राप्त गर्ने छन् । प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन (क्यामरुन)ले जितेको थियो । दोस्रो संस्करणको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८०’को उपाधि त्रिभुवन आर्मी क्लब र ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१’को उपाधि राइजिङ स्टार फुटबल क्लबले जितेका थिए ।



