
नेपालगञ्ज : रोल्पाको थवाङ गाउँपालिका–१ को जलजला जाने बाटोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । प्रहरीका अनुसार घटनास्थलमा नै २० जनाको मृत्यु भएको हो ।
रुकुमबाट जलजलामा मेला भर्न गएका यात्रुहरु चढेको जीप दुर्घटनामा परेको थियो ।
जीप सडकबाट करिब ८ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बगालेले जानकारी दिए । थप उद्दार कार्य भइरहेको र मृतकको सनाखत गर्ने काम पनि भइरहेको उनको भनाइ छ ।
पानी परेको हुनाले उद्दार कार्यमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक बगालेले बताऐ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्