२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

बैतडीमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु चार घाइते



यो फोटो एआईद्वारा सिर्जना गरिएको प्रतिकात्मक फोटो हो

बैतडी :  बैतडीको सुर्नया गाउँपालिका– ८ ढोल्यामोडमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुको साथै चारजना घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया–८ का मोटरसाइल चालक समेत रहेका ३४ वर्षीय जनक लुहार रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी प्रहरी निरीक्षक सुरज सिंहले बताए ।

शुक्रबार दिउँसो भएको सो दुर्घटनामा अन्य चार जना घाइते भएको प्रहरी निरीक्षक सिंहले बताए । प्रहरी निरीक्षक सिंहका अनुसार श्रीभावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परि पुर्चौडी–५ का २४ मोटरसाइल चालक वर्षीय अमिर कडायत, सोहीका वडाका ३९ वर्षीय हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन ।

घाइते मध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते अमिरको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार
ताजा समाचार