२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

सशस्त्र प्रहरीद्वारा करिव ३१ लाख बराबरको अबैध सामान नियन्त्रणमा लिएर भन्सार बुभायो



 

नेपालगञ्ज : सशस्त्र प्रहरी बल, नेपाल नंम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँके तथा माातहतका ईकाईबाट २८ गते शनिबार खटिएको टोलीले भन्सार छलेर भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको करिव ३१ लाख बारबरको सामाग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नंम्बर ३० गण हेड क्वाटर बागेश्वरीबाट प्राप्त जानकारी अनुुुुसार भारतबाट अनाधिकृत नेपाल भित्र्याउदै गरेको चागा मशरुमसहित १ वटा ट्याक्टर, फलफूल र तरकारी बरामद गरी आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुभाएको छ ।

बरामद सामाग्रीको मुल्य रु ३० लाख ८३ हजार ६ सय ८९ रहेको आकलन गरिएको छ । सीमा क्षेत्रबाट हुने अबैध रुपमा तस्करी रोक्न सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार
ताजा समाचार