
हुम्ला : हुम्लाको चंखेली गाउँपालिका–५ पोरीगाउँमा रहेको गोठभित्र पसेर चितुवाले ४५ वटा भेडा मारेको छ ।
आइतबार राति चितुवा गोठभित्र पसेर ४५ वटा भेडा मारेको चंखेली गाउँपालिका– ५ का स्थानीय जसबहादुर तामाङले जानकारी दिए ।
स्थानीय रतन तामाङको गोठभित्र वनबाट चराएर ल्याई गोठमा राखिएका ४५ वटा भेडा चितुवा परेर मारेको तामाङले बताए । सो घटनामा तामाङ्गलाई ४ देखि ५ लाख मुल्य बराबर क्षति पुगाएको अनुमान गरिएको छ ।
प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार












प्रतिक्रिया दिनुहोस्