खोटाङमा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा एक घाइते

सदरलाइन संवाददाता ४ चैत्र २०८२, बुधबार १६:२३
 
समाचार सारांश
Generated Using AI
  • खोटाङमा एयर डाइनेस्टिको हेलिकोप्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् भने अन्य सबै सकुशल रहेका छन्।
  • दुर्घटनामा हेलिकोप्टरमा लास नभएको पुष्टि भएको छ, मृतकको शव गाडीमार्फत पठाइएको थियो।
  • ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर उछिट्टिएर भित्तामा ठोक्किँदा दुर्घटना भई हेलिकोप्टर क्षतविक्षत भएको हो।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

खोटाङ  : खोटाङमा भएको हेलिकोप्टर दुर्घटनामा कसैको ज्यान गएको छैन, एक जना घाइते भएका छन् । सुरुमा लास लिएर आएको हेलिकोप्टर दुर्घटना भएको भनिए पनि दुर्घटनाग्रस्त हेलिकोप्टरमा लास नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताए ।

हेलिकोप्टरमा लास राखिएको बाकस नअटेपछि लास गाडीबाट पठाएर मृतकका आफन्त हेलिकोप्टरमा गाउँ आएको पाइएको डिएसपी बुढाथोकीले बताए । शवको दाहसंस्कार गर्न गाउँ आएका स्थानीय चढेको हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२, खार्ताम्छाको बालाबेसीमा चैत ४ गते दिउँसो १२ बजे दुर्घटना भएको हो ।


काठमाडौँबाट बालाबेँसी पुगेर ल्यान्ड गर्ने क्रममा एयर डाइनेस्टिको हेलिकोप्टर दुर्घटनामा परेको हो । सुरुमा बारीको डिलमा बसेको हेलिकोप्टरलाई पुःन उठाएर बारीको बिचमा सार्न खोज्दा उछिट्टिएर माथिल्लो गह्राको भित्तामा बजारिएको थियो । जमिनमा घिसारिदै भित्तामा बजारिएको हेलिकोप्टर क्षतविक्षत भएको छ ।

हेलिकोप्टरमा चालक सविन थापासहित डाकमणि राई, बालकुमार राई, समला राई लक्ष्मी राई, काजीबहादुर राई रहेको डिएसपी बुढाथोकीले बताए । दुर्घटनामा काजिमान राई घाइते भएका छन् । अन्य यात्रु सकुशल रहेका छन् । घाइते काजिमानलाई उपचारका लागि अर्को हेलिकोप्टर मगाएर काठमाडौँ लगिएको छ ।

घाइते काजिमानसँगै दुर्घटना भएको हेलिकोप्टरका चालक थापा पनि सोही हेलिकोप्टरमा काठमाडौँ गएका छन् । दुर्घटना भएर क्षतविक्षत भएको हेलिकोप्टर घटनास्थलमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि २ दिने स्थानीय शासान कार्यसम्पादन मुल्याङ्कन अभिमुखिकरण

४ चैत्र २०८२, बुधबार १६:२३
समाचार सारांश Generated Using AI खोटाङमा एयर डाइनेस्टिको हेलिकोप्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् भने अन्य सबै सकुशल रहेका छन्।दुर्घटनामा हेलिकोप्टरमा लास नभएको पुष्टि भएको छ, मृतकको शव गाडीमार्फत पठाइएको थियो।ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर उछिट्टिएर भित्तामा ठोक्किँदा दुर्घटना भई हेलिकोप्टर क्षतविक्षत भएको हो। यो सारांश AI द्वारा सिर्जना […]

ताजा अपडेट