डुडुवा रामनगरपाझामा आगलागी हुँदा ५ घर जलेर नष्ट

सदरलाइन संवाददाता २ चैत्र २०८२, सोमबार १९:४२
 
समाचार सारांश
Generated Using AI
  • बाँकेको डुडुवा गाउँपालिका–२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर पूर्णरुपमा नष्ट भएका छन्।
  • आगलागीबाट लल्लन यादव, बाँके यादव, बल्ले गोडिया, बाबादीन गोडिया र शिवबक्स गोडियाको घरसहित नगद, लत्ताकपडा र अन्य सामान जलेको प्रहरीले जनाएको छ।
  • बारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ भने क्षतिको विवरण संकलन र राहत व्यवस्थापनको काम सुरु गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  बाँके डुडुवा–२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय लल्लन यादव, बाँके यादव, बल्ले गोडिया, बाबादीन गोडिया र शिवबक्स गोडियाको घर पुर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

सोमबार दिउसो अचानक भएको आगलागीबाट डुडुवा गाउँपालिका वडा नंं.–२ रामनगर पाझा गाउँका पाँच वटा घर जलेर नष्ट भएको बाँकेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार नेपालगञ्जबाट गएको बारुण यन्त्र र स्थानीयको सयुंक्त पहलमा आगो नियन्त्रणमा लिइएको थिए । सामुदायिक विपद् व्यवस्थापन समितिका राममनोहर यादवले आगलागीबाट नगद तथा धनमालको नोक्सान भएको जनाए ।


प्रहरीका अनुसार आगलागीबाट घरभित्र रहेको नगद रकम, गैरखाद्य सामाग्री, कपडा लत्ता जलेर नष्ट भए पनि क्षतिको पुर्ण विवरण अझै आएको छैन ।

प्रहरी र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले क्षतिको तथ्याक संकलन गर्ने जनाइएको छ । आगलागी घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष नरेन्द्र चौधरीले पीडितलाई तत्काल राहतको व्यवस्थापन गर्ने प्रतिबद्धता गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‎मेयर कप क्रिकेटमा ब्राइटल्यान्ड माविको शानदार जित

२ चैत्र २०८२, सोमबार १९:४२
समाचार सारांश Generated Using AI बाँकेको डुडुवा गाउँपालिका–२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर पूर्णरुपमा नष्ट भएका छन्।आगलागीबाट लल्लन यादव, बाँके यादव, बल्ले गोडिया, बाबादीन गोडिया र शिवबक्स गोडियाको घरसहित नगद, लत्ताकपडा र अन्य सामान जलेको प्रहरीले जनाएको छ।बारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ भने क्षतिको […]

ताजा अपडेट