बर्दिया राष्ट्रिय निकुञ्ज भित्र सिकार खेल्न गएका पाँच जना बेपत्ता

सदरलाइन संवाददाता २ चैत्र २०८२, सोमबार १९:२३
 
समाचार सारांश
Generated Using AI
  • बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन्।
  • बेपत्ता हुनेमा बराहताल गाउँपालिका र लेकवेशी नगरपालिकाका पाँच जना रहेको प्रहरीले जनाएको छ।
  • घटनाबारे सूचना पाएपछि प्रहरी टोली परिचालन गरी खोजी कार्य सुरु गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन् ।उनीहरु चोरी सिकारीको उद्देश्यले निकुञ्जको जंगलमा गएका हुन ।

बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गङ्गटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार आइतबार बेलुका ५ बजेतिर प्रहरीलाई सिकार खेल्न गएहरूका बेपत्ता भएको खबर प्राप्त भएको थियो ।

अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालय बर्दियालाई जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा रामनगरपाझामा आगलागी हुँदा ५ घर जलेर नष्ट

२ चैत्र २०८२, सोमबार १९:२३
समाचार सारांश Generated Using AI बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा बराहताल गाउँपालिका र लेकवेशी नगरपालिकाका पाँच जना रहेको प्रहरीले जनाएको छ।घटनाबारे सूचना पाएपछि प्रहरी टोली परिचालन गरी खोजी कार्य सुरु गरिएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज :  बाँके […]

ताजा अपडेट