अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस नेपालञ्जमा मनाईयो

सदरलाइन संवाददाता २८ माघ २०८२, बुधबार १५:५८
 
समाचार सारांश
Generated Using AI
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले आर्थिक वर्ष २०८१-०८२ मा ७८८ र चालू आर्थिक वर्षमा हालसम्म १८५ गरी कुल ९७३ उजुरी फछ्र्यौट गरेको छ।
  • गत वर्ष ९०२ र चालू वर्षमा ४७१ उजुरी दर्ता भएकोमा सबैभन्दा बढी उजुरी स्थानीय तहसम्बन्धी रहेको तथा चालू वर्षमा बढैयाताल गाउँपालिका (बर्दिया) विरुद्ध सबैभन्दा बढी २५ उजुरी परेको छ ।
  • ३५औँ स्थापना दिवसका अवसरमा पुरस्कार वितरण तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले आयोगको ३५औं स्थापना दिवस मनाएको छ ।

आयोगको ३५औं स्थापना दिवसको अवसरमासम्पर्क कार्यालय नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै कार्यालय प्रमुख झरेन्द्रप्रसाद चापागाईंले दाङ, बाँके, बर्दिया र रोल्पा कार्य क्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेको जानकारी दिए । उनका अनुसार चालू आर्थिक बर्षमा सबैभन्दा बढी २५ उजुरी बर्दियाको बढैयाताल गाउँपालिकाको परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले ९७३ वटा उजुरी फछ्र्यौट गरेको छ । आर्थिक बर्ष २०८१/०८२ मा ७८८ र चालू आर्थिक बर्षको हालसम्म १८५ वटा उजुरी फछ्र्यौट गरिएको छ । गत आर्थिक बर्षमा ९०२ र चालू आर्थिक बर्षमा ४७१ उजुरी दर्ता भएको कार्यालय प्रमुख चापागाईंले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले भ्रष्टाचार नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।


२०४७ माघ २८ गते भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्वतन्त्र संवैधानिक निकायका रुपमा नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गरिएको थियो ।

स्थापना दिवसको अवसरमा २० हजार रुपैयाँ राशीको अख्तियार अनुसन्धान सेवा पुरस्कर इन्जिनियर हेम बहादुर सिंजाली र १० हजार रुपैयाँ राशीको अख्तियार सेवा पुरस्कार रन्जित अधिकारीलाई प्रदान गरिएको छ ।

यसैगरी स्थापना दिवसको अवसरमा आयोजित क्रिकेट, टेबलटेनिस र ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कर्मचारीलाई पुरस्कृत समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुर गाउँपालिकाको सेवा नयाँ भवनबाट

२८ माघ २०८२, बुधबार १५:५८
समाचार सारांश Generated Using AI अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले आर्थिक वर्ष २०८१-०८२ मा ७८८ र चालू आर्थिक वर्षमा हालसम्म १८५ गरी कुल ९७३ उजुरी फछ्र्यौट गरेको छ।गत वर्ष ९०२ र चालू वर्षमा ४७१ उजुरी दर्ता भएकोमा सबैभन्दा बढी उजुरी स्थानीय तहसम्बन्धी रहेको तथा चालू वर्षमा बढैयाताल गाउँपालिका […]

ताजा अपडेट