नेपालगन्ज नाकाबाट दशैको लागि न्यून मात्रामा खसिबोका भित्रिए

२१ आश्विन २०७३, शुक्रबार ११:३५
 

सदरलाइनडटकम,    IMG_9951
२१ असोज, नेपालगन्ज : बडा दशैलाई लक्षित गरी नेपालगन्ज नाकाबाट यसवर्ष न्यून रुपमा खसिबोका भित्रिएका छन् । बाँके जिल्लामै व्यावसायिक बाख्रा पालन सुरुवात गरको कारणले पनि गत वर्षको तुलनामा यो वर्ष भारतबाट आउने खसिबोकामा कमी आएको व्यावसायीहरुको भनाई छ ।
भारतको विभिन्न ठाँउबाट आयात गरी भित्रयाईने खसीबोका गतवर्षको तुलनामा क्रमशः घट्दै गएको पशु क्वारेन्टाईन चेकपोष्ट जयसपुरका पशु चिकित्सक राम शेवक त्रिपाठीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार असोज १९ गतेसम्म ११ हजार ८ सय ९ खसिबोका नेपालगन्ज भित्रिएका छन् । साउन महिनामा १५ हजार ५ सय ४४ र भदौ महिनामा १८ हजार ८ सय ३४ खसीबोका नेपालगन्ज नाकाबाट भित्र्याईएको छ ।
पशु चिकित्सक त्रिपाठीले भारतको बहराईच, नानपारा, र झाँसीमा लाग्ने पशुहाटबाट खसीबोका खरिद गरी काठमाण्डौ, पोखरा मासुको लागि पठाउने जानकारी पाएको बताए । उनले भने–‘ हरेक हप्ताको बुधबार र शुक्रबार भारतबाट खसीबोका नेपाल भित्रने विषेश दिन हो अरु दिनमा भन्दा यी दुई दिन बढी खसीबोका आउने गर्छ ।’
उनले भारतबाट आउने अधिकांश खसीबोका स्वास्थ्यकर नै हुने तर कहिलेकाही भने न्यूमोनिया, ब्रोनकाईटिस जस्ता रोगले ग्रसित भएको आफुले पाएको बताए । लामो समयदेखि भारतबाट खसि आयात गरी काठमाण्डौ तथा पोखरालगायतका शहरमा मासुको लागि सप्लाई गर्दै आएका नेपालगन्ज जयसपुरका नईम कुरेशीले नेपालगन्जदेखि काठमाण्डौसम्म पु¥याउदा बाटोमा पर्ने विभिन्न जिल्लाको ढाटले अनावश्यक पैसा असुलेर आफुहरुलाई हैरान पारेको गुनासो गरे ।
उनले भने–‘ अत्यन्तै प्रतिश्पर्दामा व्यावसाय सञ्चालन गर्नु परेको छ । भातरबाट जमुनाह नाकासम्म आउदा २४ घण्टा लाग्छ नेपालगन्जमा क्वारेन्टाईन र भन्सार पास गराएर काठमाण्डौसम्म पु¥याउदा अर्को २४ देखि ३० घण्टा लाग्ने हुन्छ । लगातारको यात्राको कारण खसीको तौल घट्ने, तथा विरामी हुने र मर्ने अर्कोतीर छ । जिल्लै पच्छिेको ढाट र प्रहरी बैरियलले पैसा असुलेर हैरान पार्छन अनि कसरी व्यावसाय सञ्चालन गर्नु ।’


IMG_9936
उनले आफुले हरेक हप्ताको ४ ट्रक खसी काठमाण्डौ पु¥याउने गरेको बताए । यसैगरी बाँके भवानियापुर–२ हनिफ कुरेशीले आफुसहित अरु ४ जना मिलेर भारतबाट संकलन गरी ल्याएका खसी काठमाण्डौ पठाउने गरेको बताए । उनी भन्छन–‘सबै प्रकृया पु¥याउछौ र काठमाण्डौ हिड्छौ दाङ्गको अमिलियादेखि नै हामीलाई विभिन्न बाहानमा सताउन सुरु हुन्छ ।’ उनले प्रहरी र जिविसका ठेकेदार सबैले अनावश्यक सताउने गरेको दुखेसो पोखे ।
बाँकेमा बाख्रा पालनको राम्रो पकड क्षेत्र भएको कारणले पनि आन्तरिक खपतलाई समेत पुरा गरी फत्तेपुर क्षेत्रबाट करिव एक हजार खसीबोका पोखरा र काठमाण्डौ पठाईएको बहुमुखि सेवा केन्द्रका अध्यक्ष प्रभात सिंह ठकुरीले जानकारी दिए । उनले हेफर ईन्टरनेशनलको सहयोगमा फत्तेपुरमा व्यावसायिक बाखा पालन कार्यक्रम बुहमुखिले विभिन्न सहकारी मार्फत सञ्चालन गरेको बताए । उनले भने–‘ यो वर्ष फत्तेपुरका परिवर्तन सामाजिक महिला उद्यमी सहकारी र नयाँ सिर्जनशिल सामाजिक महिला उद्यमी सहकारीले मात्र ६ सय खसीबोका पोखरा पठाएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको कम्दी र नौवस्तामा हत्या गरिएको अवस्थामा शव भेटियो

२१ आश्विन २०७३, शुक्रबार ११:३५
सदरलाइनडटकम २१ असोज, नेपालगन्ज : बाँकेमा बिहीबार एक किशोर र एक महिलाको शव भेट्टिएको छ । दुबैको शवको प्रकृति हेर्दा हत्याको आशंका प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सरोज पौडेलले दिएको जानकारी अनुसार कम्दी–६ मलैपुरमा रहेको अडहरबारीमा महिलाको हत्या गरिएको अवस्थामा लास फेला […]