
नेपालगञ्ज : नेपालमा जारी जेनजी अन्दोलनको कारण नेपाल भारत सीमा क्षेत्र जमुनाहमा भारतीय पक्षले कडाई गरेको छ ।
भारतीय सुरक्षा निकायले काम विषेशले भारत जाने नेपालीलाई बोर्डरबाटै नेपाल फकाई रहेको छ ।
नेपालबाट भारत फर्कने भारतीय नागरिकलाई मात्र भारतीय सशस्त्र सिमा सुरक्षा बल एसएसबिले आधारकार्डका आधारमा भारत प्रवेश दिएको छ भने भारतमा रहेका नेपालीलाई नागरिकताको आधारमा नेपाल आउन दिएको छ ।


जेनजीको आन्दोलनको कारण देखाउदै दोहोरो आवागमनलाई भारतीय सीमा सुरक्षा बलले कडाई गरेको हो । नेपाल भारत सीमा क्षेत्रको जमुनाह नाकामा भारतीय सीमा सुरक्षा बलको बाक्लो उपस्थिति रहेको छ ।
भारतीय सुरक्षाबलका तर्फबाट सीमा बन्द भएकोले अर्को सूचना नआउदासम्म तपाईहरु फर्कनुस भन्ने सूचना समेत माईकिङ्ग गर्द आएको छ । हेर्नुस भिडियो


