२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

नेपालगन्ज उद्योग बाणिज्य संघको पद हस्तान्त्रण



सदरलाइनडटकम,
२० भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ निर्र्वाचित पदाधिकारीलाई औपचारिक रुपमा पद हस्तान्तरण गरिएको छ । बर्तमान कार्यसमितिले सोमबार दिउँसो एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा नयाँ कार्यसमितिलाई पद हस्तान्तण गरेको हो ।IMG_9105
संघको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता भोला सिंह हमालले नवनिर्वाचित अध्यक्ष नन्दलाल वैश्यलाई सपथ ग्रहण गराएपछि अध्यक्ष वैश्यले कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
सपथग्रहरण समारोह मै निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नयाँ अध्यक्ष बैश्यलाई नेपाली टोपी पहिराएर पदभार समेत ग्रहण गराएका थिए । सो अवसरमा बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद दलबहादुर सुनार र अञ्जना चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी, स्थानीय राजनीतिक दल लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका कर्मचारीहरुले सोमबारै संघको निवर्तमान कार्यसमितिलाई बिदाई गरेको छ । संघका कार्यालय प्रमुख अजय सिंह सिजापति लगायतका कर्मचारीहरुले निवर्तमान कार्यसमितिलाई औपचारिक कार्यक्रमसहित बिदाई गरेको हो ।
यही भाद्र ११ गते भएको निर्वाचनमा संघको आगामी कार्यकालका लागि अध्यक्षमा बैश्य यस्तै उपाध्यक्ष उद्योगमा अब्दुल वाहिद मन्सुरी, उपाध्यक्ष वाणिज्यमा दुर्गाप्रसाद भण्डारी, सदस्यहरुमा आदेशकुमार अग्रवाल, अजयकुमार टण्डन, अब्दुल वाहिद अन्सारी, अभयकुमार बस्नेत, ताराकुमारी खत्री, टंक धामी, र श्यामसुन्दर अधिकारी, धु्रव दाहाल, तपेन्द्र शाह, हरिषचन्द्र श्रेष्ठ, रोहितकुमार टण्डन र सुनील सिंघल, एशोसियट सदस्यमा कन्हैयालाल बैद्य र सन्जय जैन तथा सम्वद्ध सदस्यमा नारायण ज्ञवाली र रमेश शाह निर्वाचित भएका थिए  ।

सपथग्रहण तथा पद हस्तान्तरणका केही तस्वीरहरु, तस्वीर: रुद्र सुवेदी/सदरलाईनडटकम

IMG_9126 IMG_9082 IMG_9087 IMG_9092 IMG_9103  IMG_9111 IMG_9115 IMG_9120 IMG_9125

 

प्रकाशित मिति : २०७३ भदौ २१ गते मंगलबार
ताजा समाचार