फुटवलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल विच छुट दिने सम्झौता

सदरलाइन संवाददाता ९ पुष २०८१, मंगलवार १७:३३
 

नेपालगञ्ज : फुटबलर्स मिसन टुगेदरको उद्देश्य अनुरुप फुटवलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल विच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी ५ वर्षे सम्झौता सम्पन्न भएको छ ।

मिसन टुगेदरमा आवद्ध पूर्व फुटवलर, प्रशिक्षक, रेफ्री, अफिसियल तथा निजका परिवारले स्वास्थ्य परिक्षण, ल्याव टेष्ट, दुर्घटना भई उपचार (स्वास्थ्य उपचार) गराउदा २०% छुट प्राप्त गर्नेछन् भने मिसन टुगेदरले गर्ने प्रतियोगितामा निशुल्क एम्बुलेन्स र चिकित्सकीय सेवा प्रदान गर्ने कुरा सम्झौतामा उल्लेख छ ।


मेजर र माईनर अपरेसन गर्दा समेत विशेष छुट दिने व्यवस्था सम्झौतामा उल्लेख छ । फुटवलर्स मिसन टुगेदरको तर्फबाट वरिष्ठ उपाध्यक्ष भिक्टर जे.बि.राणा र अस्पतालको तर्फबाट कार्यकारि व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

सो अवसरमा बरिष्ठ उपाध्यक्ष राणाले हाम्रो प्रस्तावलाई स्वीकार गरि खेलाडीलाई सम्मान व्यक्त गरेकोमा अस्पताल व्यवस्थापन प्रति धन्यवाद दिए भने अस्पतालका रजत श्रेष्ठले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

सो अवसरमा मिसन टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, पूर्व अन्तर्राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरुको उपस्थिति रहेको थियो । अस्पतालको तर्फबाट व्यवस्थापन समितिका प्रशासन र वित्त विभागका निर्देशक सति गौतम सिंह लगायत अस्पताल व्यवस्थापनको उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न प्रहरीको बिशेष निगरानी गर्न मुख्यमन्त्रीको निर्देशन

९ पुष २०८१, मंगलवार १७:३३
देउखुरी ः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतसंग सिमा जोडिएका जिल्लाहरुलाई प्राथमिकतामा राखेर प्रहरीले बिशेष सुरक्षा योजना अन्तरगत निगरानी बढाउन निेर्दशन दिएका छन् । सिमा क्षेत्रबाट भइरहेको चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न प्रहरीका उच्च अधिकारीलाई सो निर्देशन दिएका हुन । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक […]