नेपालगञ्जमा लुम्बिनी कप महिला फुटवल हुँदै

सदरलाइन संवाददाता १६ मंसिर २०८१, आईतवार १८:००
 

नेपालगञ्ज  :  नेपालगञ्जमा आगामी फागुन अन्तिम साता लुम्बिनी कप महिला फुटवल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालको आयोजनामा लुम्बिनी कप महिला फुटवल आयोजना गर्ने भएको हो ।

सो प्रातियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटवल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका छन् ।

लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटवल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक रातो रङ्ग समेटिएको छ ।

फागुनको अन्तिम साता नेपालगञ्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागीता रहनेछ ।
महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपुर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । उनले भने–‘लुम्विनी कप नेपालकै प्रतिष्ठित फुटवल प्रतियोगिता हुनेछ । आगामी वर्षहरुमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्नेछौं ।’


पश्चिम नेपालको गौरवको रुपमा शुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सवैलाई सहकार्यको लागि शाहले अपिल गरेका छन् ।

अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सीर्जना गर्ने बताए । प्रतियोगितालाई सफल बनाउन एन्फाले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

नेपालगञ्जमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु खुशीको कुरा भएको कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले बताईन । उनले भनिन–‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीको लागि राम्रो अवसर हो । यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ । देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ ।’

नेपाली महिला टिमको पहिलो कप्तान रमा सिंहले प्रतियोगितालाई सफलताको शुभकामना दिएकी छन् । उनले भनिन–‘नेपालमा महिला फुटबल शुरु भएको चार दशकपछि निजी क्षेत्रबाट राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुनु निकै प्रसंशनीय छ । यसले निरन्तरता पाओस् । सरकारको मात्रै भर नपरेर निजी क्षेत्रबाट पनि फुटबलको विकासमा पहल हुन जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनसरोकारका मुद्धमा लुम्बिनीका मुख्यमन्त्रीको ध्यान

१६ मंसिर २०८१, आईतवार १८:००
कपिलवस्तु :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसरोकारका योजनाहरुको अनुगमन सुरु गरेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ र ८ मा रहेको बाणगंगा नदीमा भत्किएको पक्कि पुल र चिस्यान केन्द्रको अनुगमन गरेका हुन । संघीय सरकारको बजेटबाट करिब चार बर्ष अघि बाणगंगा नदीमा पक्कि पुल बनेको थियो । निर्माण सम्पन्न भएको […]