२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

मोडलिङलाई व्यवसायिक बनाउनुपर्नेमा पत्रकार धमलाको जोड



rishi dhamalaसदरलाइनडटकम
१० भदौ, पोखरा : पत्रकार ऋषि धमलाले मोडलिङ् क्षेत्रलाई प्रर्वद्धन एवम् संरक्षणको लागि आफूले पत्रकारिताको माध्यमबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरामा नेपाल मोडल प्रा.ली.ले आयोजना गरेको ‘मोडल्स ब्याटल’ नामक प्रतियोगिताको उद्धघाटन गर्दै पत्रकार धमलाले भने,‘मोडलिङ् क्षेत्रको दायरालाई फराकिलो बनाउन म आफ्नो तर्फबाट व्यापक सहयोग गर्छु, यो पेशालाई साँच्चिकै व्यवसायिक बनाउनुपर्छ भन्ने मान्यतामा म छु ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पत्रकार धमलाले पछिल्लो समय मोडलिङको क्रेज अत्यधिक बढेको उल्लेख गर्दै भने,‘व्युटि विथ बे्रन भएकाहरुले समाज परिवर्तनको लागि योगदान दिन सक्ने भएकाले मोडलिङलाई साँच्चिकै सवै क्षेत्रबाट साथ र सहयोग रहनुपर्छ ।’ उनले मोडलिङमा लाग्नेहरुको सुसुगठित शारिरीक बनावट र सुन्दरताका साथै लगनशीलता, अध्ययनशिलता र दरिलो आत्मविश्वास लगायतका गुणहरु हुनुपर्ने धारणा राखे ।
हरेक मान्छेमा सफलताको कुनै न कुनै गुण हुने उल्लेख गर्दै धमलाले भने‘यो क्षेत्रमा लाग्न चाहानेहरुले पनि आफ्नो कला, सौन्दर्यता र व्यक्तित्वलाई निखार्दै अघि बढ्नुपर्छ, एक दिन सफल हुनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’ मोडलिङमा आवद्ध हुनेहरुले समाज र राष्ट्रको लागि नेतृत्वदायी भुमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको धमलाको भनाई थियो ।
आयोजक संस्था प्रा.लीका प्रबन्धक जय गिरीका अनुसार उक्त प्रतियोगितामा मात्रै ७० जनाले भाग लिएका छन् । जसमध्ये ३० केटा र ४० केटीहरु रहेका छन् । संस्थाका कार्यकारी प्रमुख जनार्दन लामिछानेका अनुसार युवाहरुमा अन्तरक्रियात्मक कार्यक्रमको माध्यमबाट आफ्नो कला, सिप र क्षमताको विकास गर्दै ग्ल्यामरतालाई विश्वमा चिनाउने यो प्रतियोगिताको मुख्य उद्देश्य हो । सो प्रतियोगितको जुरीमा चर्चित नायिका करिश्मा मानन्धर, जीपी तिमिल्सिना, सन्दिप क्षेत्री र नेत्र गुरुङ छन् ।

प्रकाशित मिति : २०७३ भदौ १० गते शुक्रबार
ताजा समाचार