‘कल्ली’को छायांकन सकियो : फागुन १ गते प्रदर्शनमा आउने

सदरलाइन संवाददाता ९ माघ २०८२, शुक्रबार २०:२८
 

नेपालगञ्ज : फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कल्ली’को छायांकन सकिएको छ । चोभारमा एउटा गीतको छायांकन सकेसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ ।

नायिका पूजा शर्माको आइटम डान्स २ दिन लगाएर खिच्दै फिल्मको छायांकन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी दिए । यो फिल्मको छायांकन जुम्लामा गरिएको हो ।

पूजाले ‘क्या राम्री’ बोलको गीतमा नृत्य गरेकी हुन् । आशिष अविरलको संगीतमा तयार भएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । आशिष अविरल र मेलिना राइको स्वर रहेको यो गीतमा सुरेन्द्र रानाको शब्द छ । यो गीत आफूलाई सुन्ने वित्तिकै मन परेकाले काम गरेको नायिका शर्माले बताइन् । बिहेपश्चात पूजाले यही फिल्मको गीतमा पहिलो पटक काम गरेकी हुन् । करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा खुशी लागेको पूजाको तर्क थियो । यो गीतको भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गरेका छन् ।


लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको लेखन छ ।
यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगरको मुख्य भूमिका छ । यस्तै, यो फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको भूमिकामा छन् ।

निसाल पौडेलको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । यो फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ । जसलाई दर्शकले निकै मन पराएका छन् । फिल्म देवता र राक्षसको कथा भन्छ । यो गीत केही समयपछि नै सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'श्रीपञ्चमी' विद्याकी देवी सरस्वतीकाे पूजागरि मनाइयो

९ माघ २०८२, शुक्रबार २०:२८
नेपालगञ्ज  : शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ […]