Sadarline
२०८३ असोज २४ , शनिबार

‘स्याउली बजारमा’ बोलको गीतमा झुम्यो नेपालगञ्ज



नेपालगञ्ज : आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगञ्जको प्रदर्शनी स्थलमा चर्चित गायक विशाल सोनीको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बनेको छ । महोत्सवमा चर्चित गायक सोनीले ‘स्याउली बजारमा तानातान भो हानाहान भो मलाई देखेर’ बोलको चर्चित गीत प्रस्तुत गरेपछि महोत्सव हेर्न आएका दर्शक रमाएका थिए ।

महोत्सवमा चर्चित गायक सोनीले गाएको ‘मकैबारी द-याम–द-याम हरियो काँक्रो क-याम–क-याम’,‘जुत्ता टल्किए’, ‘एकनाले बन्दुक’ र ‘गुलेली तन्कियो’ लगायतका चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए । सोनीका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए ।

यस्तै चर्चित गायिका सम्झना रनपालको ‘रानी चरी मैना’ बोलको गितमा पनि दर्शक झुमेका थिए । गायिका रनपालले ‘हाम्रो माया अजम्बरी’ लगायतका थुप्रै आफ्ना चर्चित गीत प्रस्तुत गरेकी थिईन् । एकपछि अर्को चर्चित गीत प्रस्तुत गरेकी गायिका रनपालले आधा दर्जन बढि चर्चित गाईन् ।

महोत्सवमा डान्सर विन्दु विष्टले नृत्य प्रस्तुत गरिन् भने महोत्सवमा दैनिक लोकदोहरी, स्थानिय कलाकारहरुको प्रस्तुती हुने गरेको छ । पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उप–महानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी दिए । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताए । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन भैरहेको छ । जसमा १० जनाको प्रतिस्प्रर्धा भैरहेको छ ।

यस्तै भोली ९ गते शुक्रवार नेपालगञ्ज महोत्सवमा चर्चित गायक चक्र बम, मोडल टिका जैसी, गायिका शान्ति सुनार, नृत्याङ्गना भावना चौधरी लगायको बेजोड प्रस्तुती रहने छ । माघ १० गते लोकप्रिय तथा चर्चित नायक पल शाहको बेजोड प्रस्तुति रहने महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले बताएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार
ताजा समाचार