कुवेतलाई १ सय ८ रनले हराउँदै नेपाल विजयी

सदरलाइन संवाददाता २२ कार्तिक २०८१, बिहीबार १५:०५
 

नेपालगञ्ज :  युएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा कुवेतलाई किनारा लगाउँदै नेपाल विजयी भएको छ ।

कुवेतलाई १०८ रनले पछाडि पार्दै नेपालले लगातारको दोस्रो जित निकालेको हो । आफ्नो दोस्रो खेलमा नेपालले आज कुवेतलाई १०८ रनले पराजित गरेको हो ।


यसअघि पहिलो खेलमा हिजो नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।

दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।

१३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट हुँदा खेलको नतिजा नेपालको पोल्टोमा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्ताउदो सूर्यलाई अर्घ दिएर छठ मनाईदै

२२ कार्तिक २०८१, बिहीबार १५:०५
नेपालगञ्ज : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएर मनाइएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरको पोखरी निर्माणको क्रममा रहेको कारण छठको लागि मात्र भए पनि छठ पर्वको लागि तयार गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व […]