नेपालगञ्ज १० नाइट रनको टिसर्ट सार्वजनिक

सदरलाइन संवाददाता २ आश्विन २०८१, बुधबार १३:१५
 

नेपालगञ्ज : संविधान दिवसका अवसरमा असोज ३ गते राति आयोजना गरिने नेपालगञ्ज १० किलोमिटर नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ ।

दशौं नेपालगञ्ज म्याराथनको प्रिइभेन्टका रुपमा हुन लागेको सो दौडको टिसर्ट नेपालगञ्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र नेपालगञ्ज म्याराथनका आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्तरूपमा सार्वजनिक गरेका हुन् ।

सो अवसरमा संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगञ्ज म्याराथनको एक दशक यात्राको लागि ‘दशौंमा दस इभेन्ट’का बारेमा विस्तृत जानकारी दिए ।

असोज ३ गते नाइट रन सम्पन्न भएपछि ५ गते शनिबारदेखि साप्ताहिक रन सुरु हुने उनले बताए । ‘यो बर्षभरि सञ्चालन हुनेछ’–उनले भने–‘दस हप्तामा चार, २५ हप्तामा तीन जना, ५० हप्तामा दुई जना र ७५ हप्तामा एक एक जना पुरस्कृत गरिनेछ, एक सय हप्ता पूरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय म्याराथनमा अवसर प्रदान गरिनेछ ।


पहिलो चरणमा नेपालगन्ज, कोहलपुर र खजुरामा साप्ताहिक रन सुरु गरिनेछ । रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङले यसको प्रमुख कमान्ड सम्हाल्नेछन् । बाँके जिल्ला एथलेटिक्स संघले यसमा सहकार्य गर्नेछ । म्याराथनका बरिस्ठ सदस्यहरु हृदयकृष्ण मास्के, चन्द्रबहादुर राना, सुनिल बिष्ट, सुमन बस्नेत, गगन थापाले साप्ताहिक रनमा भोलन्टियर सेवा प्रदान गर्नेछन् ।

असोज दोस्रो हप्तादेखि स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ । आउटरिच म्यानेजर चाहना शाहले यसको नेतृत्व गर्नेछिन् । त्यसैगरी कात्तिक पहिलो हप्ता हुने गौघाट ग्रिन रनको संयोजन डिबी तामाङले गर्नेछन् ।

मंसिर ५ गते हुने दीप प्रज्वलन कार्यक्रमको संयोजन सुमनसिंह बस्नेतले गर्ने, त्यस्तै फोटो प्रदर्शनीका लागि पहिलोदेखि नवौं संस्करणसम्मका उत्कृष्ट तस्बिर संकलनका लागि गगन थापालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै मंसिर २० र २१ गते म्याराथन एक्स्पो र नेपालगन्ज कनक्लेव हुनेछ । यसमा विभिन्न व्यक्ति तथा संघसंस्थालाई दशक रत्न सम्मान प्रदान गरिनेछ । दशौं कार्यक्रमका रुपमा दशौं नेपालगञ्ज म्याराथन मंसिर २२ गते शनिबार हुने पत्रकार भेटमा जानकारी गराइयो ।

विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगञ्ज म्याराथन यश बर्ष कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदका कारण केही पछाडि सारिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैकुण्ठधाम निर्माणको लागि डा. बद्रीले दिए साढे पाँचलाख

२ आश्विन २०८१, बुधबार १३:१५
नेपालगञ्ज  : हिन्दू समुदायको अन्तिम संस्कारका लागि बाँकेको डुडुवा गाउपालिका वडानं. ५ सिधनियाघाटमा प्रस्ताव गरिएको बैकुण्ठधाम निर्माणका लागि आर्थिक सहयोग प्राप्त हुने क्रम सुरु भएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट चर्मरोग विशेषज्ञ डा. चापागाईले बैकुण्ठधाम निर्माणका लागि पहिलो दान स्वरुप ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ […]