२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

यसवर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई



काठमाडौं : यसवर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिलले सो घोषणा गरेको हो ।

सो अवार्डले नेपाललाई विश्वभरका क्रिकेट फ्यानसँग जोडिने थप आधार बनेको  नेपाल  क्रिकेट  एसोसिएसनले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएकोमा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । ‘यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको ओलीले उल्लेख गर्दै लेख्छन–‘हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेल प्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन ।’

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहीबार
ताजा समाचार