कोहलपुर (बाँके) : कजरिया ब्रान्डकोे टायल कम्पनीको शो रुम बाँकेको कोहलपुरमा सञ्चालमा ल्याईएको छ । कोहलपुर हाइस्कुल नजिकै दुर्जया इन्टरनेशनलले करिब एक करोडको लागतमा कजरिया ब्रान्डको टायलको शो रुम संचालनमा ल्याएको हो ।
करिब साढे १४ सय बर्ग फिट क्षेत्रमा रहेको कजरिया ब्रान्डको शो रुममा सबै साइजका टायलका अतिरिक्त ग्रिनाइट र स्नेटरीका ब्रान्डेड सामाग्रीहरु पनि सुपथ मुल्यमा उपलब्ध हुने दुर्जया इन्टरनेशनलका निर्देशक रबिन घिमिरेले जानकारी दिए ।
शो रुम शुभारम्भ समारोहमा कजरियामा नेपाल सेल्स म्यानेजर , बिकास खनालले आगामी तीन महिना भित्रै कजरियाले रमेश कर्पाेरेसनसंगको ज्वाइन्ट भेन्चरमा नबलपरासी जिल्लाको बर्दघाटमा नयाँ उद्योग स्थापना गरेर कजरिया रमेश ब्रान्डका नामबाट टायल उत्पादन सुरू गर्न लागेको बताए ।
नेपाल मै उत्पादन सुरू भए पछि उपभोक्ताहरूले सहज रूपमा ब्रान्डेड टायल पाउन सक्ने सक्ने बाताए । कम्पनीका डिस्प्ले म्यानेजर रुपक बस्नेत, एरिया सेल्स म्यानेजर बिमल ज्ञवाली , क्यारोबिटका नेपाल सेल्स म्यानेजर जयन्त अर्यालले शो रुम संचालनमा आए पछि कोहलपुर लगायत पश्चिम नेपालका उपभोक्ताहरुले भारत कै नम्बर वान ब्रान्डको रुमा रहेका कजरियाका टायल लगायतका सामाग्रीहरु सुपथ मुल्यमा सहज रुपमा पाउन सक्ने बताए ।
शो रुम उदघाटन समारोहमा कोहलपुर नगरपालिकाका मेयर पुर्ण आर्चाय लगायत कोहलपुर क्षेत्रका उद्योगी ब्यबसायीहरुले दुर्जया इन्टरनेशनलका संचालकहरुलाई कोहलपुरमा भब्य शो रुम खोलेर कारोबार शुभारम्भ गरेको बताउदै शुभकामना दिएका थिए ।