नेपालगञ्जमा सहकारी नेतृत्व सम्बन्धि कार्यशाला शुरु

सदरलाइन संवाददाता १६ फाल्गुन २०८०, बुधबार १५:३२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास सम्बन्धि तीन दिने तालिम शुरु भएको छ । सहकारी संस्थाका व्यवस्थापक तथा सञ्चालकका लागि तालिम आयोजना गरिएको हो ।

तीन दिने कार्यशालाको नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले उदघाटन गरे । उदघाटन कार्यक्रममा नेतृत्व तथा व्यवस्थापन विकास प्रशिक्षक शिवप्रसाद भुषाल, जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्याय लगायतको उपस्थिति थियो ।

त्यसक्रममा बोल्दै समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष पुनले कुनै पनि संस्थालाई असल तरिकाले हाँक्नका लागि कुशल नेतृत्व र ब्यवस्थापकको खाँचो पर्ने भन्दै यो तालिम पश्चात सहकारीको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।


तालिममा नेतृत्व तथा व्यवस्थापन विकास विज्ञ शिवप्रसाद भुषाल, सहकारी शाखा प्रमुख प्रविण राना र जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले प्रशिक्षण दिने सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताइन् । सहकारी शाखाले यसअघि तीन दिने सहकारी तथा गरिवी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम पनि सञ्चालन गरेको थियो । सहकारी संघसंस्थाहरुका सञ्चालक र व्यवस्थापनका अधिकारीहरुका लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सहकारी संस्थाको नियमन, प्रवर्द्धन र प्रशिक्षणका कार्यक्रम आफ्नो वार्षिक तालिका अनुसार नियमितरुपमा गर्दै आएको शाखा प्रमुख रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा भन्सार छलिको सामान बरामद

१६ फाल्गुन २०८०, बुधबार १५:३२
नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जले भन्सार छलिको सामान बरामद गरेको छ । नेपालगञ्ज उप–महानरपालिका वडा नं.१० गणेशमान चोक स्थितमा अबैधरुपमा भारतबाट भन्सार छली गरी ल्याई वेवारिसे अवस्थामा रहेको खजुरी जम्मा प्याकेट १३४ वटा अन्दाजी साढे ६१ हजार मूल्य बराबरको सामान बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारवाहीका […]

सम्बन्धित