नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकामा हजारौंको सहभागितामा आईतबारदेखि छैठो अन्तर विद्यालय मेयर रनिङशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
शुक्र भलिवल स्टेडियम सीतापुरमा माघ १० गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको संघीय सांसद किशोरसिंह राठोरले उदघाटन गरे ।
उदघाटनमा प्रदेशसभा सदस्य रत्न खत्री र बादशाह कुर्मी, गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक, उपाध्यक्ष मन्जु मल्ल लगायतले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरे । उदघाटनमा विभिन्न झाकी प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा मावि तहमा एथ्लेटिक्स, भलिवल र कपर्दी गरी ३० इभेन्टस र आधारभुत तहमा १० इभेन्टस र प्राथमिक तहमा ६ वटा एथ्लेटिक्स इभेन्टसको प्रतिष्पर्धा हुनेछ ।
खुला चेस प्रतियोगिता सहित ४६ इभेन्टसमा प्रतिष्पर्धा हुनेछ । मावि तहमा ८०० खेलाडी, आधारभुत तहमा ४०९ र प्रावि तहमा ४५२ खेलाडीको सहभागिता रहने भएको छ । प्रतियोगितामा ६९ विद्यालयका ५८२ छात्रा र ७२२ छात्र गरि एकहजार ३०४ जना विद्यार्थी सहभागि छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश ३३ हजार, २० हजार र १४ हजार नगद पुरस्कार तथा भलिवल, कपर्दी र एथ्लेटिक्समा उत्कृष्ट छात्र छात्रालाई पाँच हजार १०० नगद पुरस्कार दिइनेछ ।