२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाणिज्य बैंककाे कार्यालय बुटवल सार्न नदिन नेउबाद्वारा तालाबन्दी



नेपालगञ्ज :नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेले राष्ट्रिय बाणिज्य बैंकको प्रादेशिक कार्यालय नेपालगञ्जमा तालाबन्दी गरेको छ ।

बैंककाे प्रादेशिक कार्यालय रातारात सार्ने जानकारी पाए लगत्तै संघका अध्यक्ष टंक  धामी महासचिव भिमबहादुर रानाभाटलगायतकाे अगुवाइमा तालाबन्दी गरिएको हाे ।

पश्चिम नेपालको औधोगीक नगरबाट यसरी प्रादेशिक कार्यालय जान नदीनको लागि ताला बन्दी गरेको संघका अध्यक्ष धामीले जानकारी दिए ।

साे बैंकको कार्यालय बुटवल जान नदिनकाे लागि भाेली शुक्रबार बिहान १० बजे उधोग वाणिज्य संघको कार्यलयमा छलफल हुने भएकाे संघका अध्यक्ष धामीले बताए ।

प्रकाशित मिति : २०८० मंसिर १४ गते बिहीबार
ताजा समाचार