गुलरियामा चार अर्व लगानीको सेरामिक उद्योग बन्दै

सदरलाइन संवाददाता ३ कार्तिक २०८०, शुक्रबार १४:५१
 

नेपालगञ्ज : बर्दिया जिल्लामा ३ अर्ब ९६ करोड लगानीमा सेरामिक उद्योग खुल्दै छ । गुलरिया नगरपालिका–८ मा उद्योग स्थापना गर्ने गरी उद्योग दर्ता भएको हो ।

उद्योगमा सुप्रब धितालसहितको लगानी रहेको छ । यो उद्योगले जग्गा व्यावस्थापन गरी वातावरण प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढाइसकेको छ ।

यो कम्पनीले ५ सय ४ जनालाई रोजगारी दिने उल्लेख गरेको छ । यो उद्योगले २ करोड ८० लाख सेरामिक टायल उत्पादन गर्ने लक्ष्य लिएको छ । यो उद्योगका लागि १० हजार केभीएको प्रसारणलाइनको आवश्यक पर्नेछ ।

उद्योगमा कुल खर्च २ अर्ब ९६ करोड ७६ लाख खर्च गर्ने योजना छ । यो उद्योगले फिक्स क्यापिटल ३ अर्ब २१ करोड ४७ लाख रकम राखेको छ ।


यसैगरी ७५ करोड २८ लाख वर्किङ क्यापिटल राखेको छ । कम्पनीमा शतप्रतिशत स्थानीय लगानी छ । हाल सेरामिक टायल विभिन्न देशबाट आयात हुने गरेका छन् । उद्योगले आयात विस्थापन गर्ने उद्देश्य लिएको छ ।

उद्योग प्रस्ताव गरिएको वडाका वडा अध्यक्ष धर्मेन्द्र कुमार बनियाले उद्योगको काम धमाधम भइरहेको बताए । उद्योग सञ्चालनबाट स्थानीय उत्साहित रहेको र रोजगारी पाइने आशमा रहेको बनियाले जानकारी दिए ।

पालिकाका प्रबक्ता शुंधाशु शर्माले उद्योगको काम अन्तिम चरणमा पुगेको र सम्भवत जनवरी महिनाबाट सञ्चालन गर्ने योजनामा उद्योग तयारी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्र बैंकमा नयाँ नोट लिन थामिनकस्नु भीड

३ कार्तिक २०८०, शुक्रबार १४:५१
नेपालगञ्ज : नयाँ नोट लिन नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयमा थामिनसक्नु भिड लागेको छ । बिगतको जस्तो सबै बैंकले नयाँ नोट दिन पाएका छैनन् । जसको प्रत्यक्ष प्रभाव राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयमा देखिएको छ । नयाँ नोट वितरण गर्न शुरु गरेदेखि नै यहाँ दैनिक जसो थामिनसक्नु भिड लागेको छ । […]