शम्शेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु २९ घाइते

सदरलाइन संवाददाता २३ भाद्र २०८०, शनिबार ०६:५४
 

कोहलपुर (बाँके) :  पूर्व पश्चिम राजमाग अन्तरगत बाँकेको राप्तीसोनारी–८ शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर भएको सडक दुर्घटनामा ७ जनाको ज्यान जानुको साथै २९ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जना लागेको यात्रुबाहक ना ७ ख २३२१ नं को बस रोकिराखेको ना ८ ख ६४०५ नं. ट्रकमा ट्रकमा ठोक्किँदा सो घटना भएको बाँके प्रहरीले जनाएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङको धारपानी भ्रमणबाट फर्किँदै गर्दा बिग्रएर रोकि राखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको हो ।


दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुग बहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डागीले जानकारी दिए ।

घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सो बसमा ४१ जना सवार रहेका थिए । घाइते मध्ये गम्भीर २ जना, मध्यम १२ जना ,सामान्य १५ जना, सकुशल ५ जना गरी ४१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५७ औं अन्तराष्ट्रिय साक्षरता दिवश बाँकेमा मनाईयो

२३ भाद्र २०८०, शनिबार ०६:५४
नेपालगञ्ज : बाँकेमा ५७ औं अन्तराष्ट्रिय साक्षरता दिवश बाँकेमा पनि एक कार्यक्रमका बीच मनाईएको छ । शिक्षाका लागि नागरिक सञ्जाल जिल्ला समिति बाँकेले जयपृथ्वी नमूना सामुदायिक सिकाई केन्द्र नेपालगञ्ज–२० संगको सहकार्यमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले आजको युगमा शिक्षाको महत्वको विषयमा चर्चा गरेका थिए । शिक्षाका लागि नागरिक सञ्जाल बाँकेका अध्यक्ष […]

सम्बन्धित