गौ हत्याविरुद्ध नेपालगञ्जमा बृहद् प्रदर्शन हुने

सदरलाइन संवाददाता १६ भाद्र २०८०, शनिबार १३:०५
 

नेपालगञ्ज : विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँकेको पहलमा विभिन्न हिन्दु धार्मिक संगठन सहित बसेको बैठकमा गौ हत्या गर्नेहरुलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउने भएको छ ।

समितिका अनुसार गाई काटेर खाएको विरोधमा मंगलबार १९ गते बिहान ११ बजे बागेश्वरी पार्कमा भेला भई वृहद् प्रर्दशन सहित जिल्ला प्रशासन कार्यलय पुगी ज्ञापनपत्र बुझाउने निर्णय भएको विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँकेका अध्यक्ष भिमप्रसाद सापकोटाले बताएका छन् ।


पछिल्लो समय समग्र हिन्दुहरुको आस्थामाथि आघात पुर्याउने र धार्मिक सहिष्णुतामा खलल पुयाउने काम धरानमा भइरहेको र सामाजिक संजालमार्फत साक्षात लक्ष्मीको रुपमा पुजिने गाई (गोरु) काटेर भोज खाएको घटना अक्ष्यम्य छ । उक्त घृणित घटनाको नेपाल शिवसेना बाँकेले घोर भर्त्सना गरेको छ र उक्त विरोध कार्यक्रममा सहभागि हुन सबै बाँके हिन्दुवादी, ओमकार परिवार तथा सम्पुर्ण हिन्दु धार्मिक संगठनहरुलाई उपस्थिति भईदिन नेपाल शिवसेना बाँकेले आग्रह गरेका छ ।

त्यस्तै बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले गाई काट्ने घटनामा संलग्न अपराधीहरुलाई समयमा नै कानुनी दायरामा ल्याईएन भने हामी चर्को आन्दोनमा उत्रिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अधिवेशनले मलाई नै सर्वसम्मत निर्वाचित गर्छ : हरि रिजाल

१६ भाद्र २०८०, शनिबार १३:०५
नेपालगञ्ज : हरि रिजाल राजनैतिक आन्दोलन र संघर्षबाट खारिएका कुशल संगठक र जुझारु नेता हुन् । वि.सं. २०२२ सालमा जन्मिएका रिजाल वि.सं. २०३७ मा अनेरास्ववियू प्युठान जिल्ला अध्यक्ष भए । २०३८ सालमा प्युठानमा तत्कालीन नेकपा मालेको सम्पर्क व्यक्तिका रुपमा काम गरे । विद्यार्थी राजनीतिपछि गाउँ कमिटीको सचिव, इलाका कमिटी सचिव […]