काठमाण्डौबाट नेपालगञ्ज आउँदै गरेको बस दुर्घटना

सदरलाइन संवाददाता १३ भाद्र २०८०, बुधबार १५:०८
 

नेपालगञ्ज : काठमाण्डौबाट नेपालगञ्ज आउँदै गरेको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना भएको छ ।

९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । सातजना घाइते भएको जनाइएको छ ।


दुघर्टनापछि सवारी चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्डा–खुल्डी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डिपट्युवेल निर्माणपछि किसान हर्षित

१३ भाद्र २०८०, बुधबार १५:०८
नेपालगञ्ज : सिँचाइको बैकल्पिक व्यवस्था नहुँदा सधैं आकाशे पानीको भर पर्नुपर्ने बाँके, राप्ती सोनारी–१ कुसुमस्थित सौरी गाउँबासीको बाध्यता अन्त्य भएको छ । गाउँमा डिपट्युवेल सिचाइँ योजना सम्पन्न भएपछि किसानले यतिखेर राहत महशुस गरेका छन् । युवा समाजसेवी अर्जुन ओलीको विशेष पहलमा डिपट्युवेल सिँचाइ योजनाको काम सम्पन्न भएपछि किसानको बर्षौदेखिको सपना […]