पौडी खेल्ने क्रममा डुवेर किशोरको मृत्यु

सदरलाइन संवाददाता ९ भाद्र २०८०, शनिबार १९:११
 

बैजनाथ (बाँके)    बाँकेको बैजनाथ–३ मा रहेको भाईरल महेन्द्र तालमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ । शनिबार बिहान घरबाट निस्केका कोहलपुर–१ कौसिलानगर निवासी १७ वर्षिय सुरेश सार्कीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

चार जनाको समूहमा पौडी खेल्न गएका थिए । उनीसँगै पौडी खेल्न गएका अन्य ३ जना भने सकुशल रहेका छन । ४ जनाको समुहमा घुम्न गएका उनीहरू मध्ये सुरेश पौडी खेल्ने भन्दै तालमा पसेका थिए । पौडी खेल्ने क्रममै सुरेश डुबेपछि उनिसँगै गएका साथीहरूले स्थानीयलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै उद्दारका लागि खोजि गर्दा नभेटिएपछि समशेरगन्जमा रहेको सशस्त्र प्रहरी गणबाट उद्दार टोलि बोलाईएको बैजनाथ गाँउपालिका वडानं. ३ का वडाध्यक्ष निखिल बैगारले जानकारी दिए ।

उनले भने–‘ शनिबार दिउसो १२ बजेतिर घटना घटेको खबर पाए लगत्तै उद्दारका लागि खोजि गर्दा नभेटिएपछि समशेरगन्जमा रहेको सशस्त्र प्रहरी गणबाट उद्दार टोलि बोलाई खोजी गर्दा करिव २ बजेतिर डुबेर मृत अवस्थामा शव फेला परिएको हो ।’


सशस्त्रको गोताखोरको टिमले डुबेको अवस्थामा सुरेशको शव बाहिर निकालेको वडाध्यक्षले बताए । उनका अनुसार शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसलाई विकेन्द्रिकरण गर्न आवश्यक छ : डा. शशांक

९ भाद्र २०८०, शनिबार १९:११
नेपालगञ्ज : नेपाली कांग्रेसका नेता  डा. शशांक कोइरालाले कांग्रेसलाई नयाँ शिराबाट लिएर जानको लागि विकेन्द्रिकरण गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले शनिबार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान महामन्त्री समेत रहेका नेता कोइरालाले पार्टी केन्द्रमुखी र केन्द्रिकृत भइरहेको बताउँदै राज्य संरचना विकेन्द्रित भएजस्तै कांग्रेसमा […]