२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

ब्राउनसुगर सहित एक जना पक्राउ



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१६ टंकपसरीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, सोही उपमहानगरपालिका–१५ जमुनाहा बस्ने २० वर्षीय ओसिम साई रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार
ताजा समाचार