२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

करेन्ट लागेर नेपालगञ्जमा एक व्यवसायीको मृत्यु



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ स्थित एकलैनी मोड नजिक गुप्ता भाडा पसलका प्रो. फुल चन्द गुप्ताको आइतबार बिहान ६ बजेतिर करेन्ट लागेर मृत्यु भएको छ । घरको इनभर्टर बनाउने क्रममा करेन्ट लागेर अन्दाजी ४५ वर्षीय फुल चन्द गुप्ताको मृत्यु भएको हो ।

आइतबार बिहान करीब ६ बजेतिर घरको इनभर्टरको तार निकालने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा भेरी अञ्चल अस्पतालमा उनको मृत्यु भएको उनका छोरा सहिल गुप्ताले जानकरी दिए ।

उनको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार स्थानीय बुलबुलिया शमशान भुमिमा आइतवार ४ बजे गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतबार
ताजा समाचार