नेपालगञ्ज : सल्यानमा आफ्नै छोराले आमालाई लाठी प्रहार गरी हत्या गरेका छन् । शारदा नगरपालिका –१३ माथिल्लो सल्यानचौरमा २३ बर्षका नविन भण्डारीले ४८ बर्षिया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।
मंगलवार विहान ४ बजेको समयमा एक्कासी आमाबुवा सुत्ने कोठामा गई पैंयाको लाठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।
आरोपित छोरा घरमा आमाबुवासँग बस्दै आएका थिए । प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष खनालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।