२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

सल्यानमा घाँटी रेटिएको अवस्थामा महिला मृत फेला



नेपालगञ्ज : सल्यानमा एक जना महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

आइतबार बिहान गाउँ नजिकै मकैँबारीमा शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी निवासी ३९ वर्षीय प्रमिला गिरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा मकैँबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतबार
ताजा समाचार