लागूऔषधसहित बर्दियामा चार जना पक्राउ

सदरलाइन संवाददाता १९ श्रावण २०८०, शुक्रबार १५:१२
 

बर्दिया : प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । भारतको बलैगाउँ हुँदै आइरहेका उनीहरुलाई बढैयाताल गाउँपालिका—२ फुटाहामा शंका लागी जाँच गर्दा बिहीबार राति पक्राउ गरिएको थियो ।

इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक कमल खत्रीका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका—९ का २३ वर्षीय विशाल गिरी, २१ वर्षीय प्रशान्त परियार र सोही पालिका—३ सिमराका १९ वर्षीय आशिक थारु र बाँके बैजनाथ गाउँपालिका—४ का २२ वर्षीय सागर कामी पक्राउ परेका हुन् ।


तीन जनाको साथबाट २ ग्राम ३ सय ८० मिलीग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारिएको प्रहरीले जनाएको छ । साथै सागर कामीबाट १ ग्राम ७ सय ७० ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको छ ।

उनीहरुलाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरिएको हो । साथै अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद भंग गरेर चुनावमा जाने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

१९ श्रावण २०८०, शुक्रबार १५:१२
काठमाण्डौ : पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गरेका छन् । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहीवार राती पार्टीका वरिष्ठ नेता तथा सांसदसँगको छलफलपछि प्रधानमन्त्री शरिफले अर्को हप्ता अगस्ट ९ […]